News Portal

  • खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको जिकिर

    भक्तपुर, ३१ चैत
    ९६७ पटक
    भक्तपुर, ३१ चैत

    भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरम पुस १० गतेदेखि सञ्चालित छिपुङ खेलका प्रशिक्षकहरुलाई समेत प्रसंंशा पत्र वितरण गरिएको छ ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद कुनै पनि राष्ट्रको सम्मान र गौरव बढाउने विषय भएको भन्दै नेपाललाई विश्वमा चिनाउने खेलकुदले र खेलाडीहरु देशकै सम्पत्ति भएका बताए ।
    उनले दुई देशबीचको सम्बन्ध बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको उदाहरणहरु दिंदै नगरपालिकाको आयोजनामा भएको अन्तरनगर बुद्धिचाल र नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

    सरकारले खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन भन्दै प्रमुख प्रजापतिले खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको जिकिर गरेका छन् । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यहाँका जनताको भावनासँग जोडिएकोमा जोड दिदै बिस्कालाई सभ्य, भव्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ ।
    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि खेलकुद प्रतियोगितालाई सशक्त ढंगले अगाडि बढाउने बताउुँदै भक्तपुरलाई सभ्य र संस्कृतिक नगरको रुपमा परिचित गर्न यहाँ मनाइने जात्रा तथा पर्वहरु पनि शान्तिपूर्ण र मर्यादित हुनुपर्नेमा जोड दिइन् ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलको माध्यमबाट सभ्य र अनुशासित नागरिक तयार गर्न मद्दत पु¥याउने बताए ।

    वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले संचालन गरेको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय,भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष निरन्जन प्रजापति लगायतले पनि मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...