News Portal

  • आज ठिमीमा सिन्दुर जात्रा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    १०८९ पटक
    भक्तपुर, २ बैशाख

    आज भक्तपुरको मध्यपुर ठिमीमा धुमधामका साथ सिन्दुर जात्रा मनाइदै छ । विस्का जात्राको छैठौ दिन बैशाख २ गते सिन्दुर जात्रा भव्य रुपमा मनाइन्छ ।

    उक्त सिन्दुर जात्रामा ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्ने प्रचलन छ ।

    खटमा मूल देवता राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाइने गरिन्छ ।

    जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली रमाइलो गर्ने गर्दछन ।

    उक्त सिन्दुर जात्रामा बाहिरबाट हेर्न आउने जात्रालुहरुलाई अनुमति विना सिन्दुर जबर्जस्ती लगाउने भने गरिंदैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...