News Portal

  • राष्ट्रपतिद्वारा भक्तपुरका सुरक्षा प्रमुखसंगै जनयुद्धका बैज्ञानिक श्रेष्ठसमेत सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    २९४७ पटक
    भक्तपुर, २ बैशाख

    भक्तपुरका बामपन्थी नेता एवं समजसेवी देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । समाजमा विशिष्ट योगदान पुर्याएवापत उनलाई सम्मान गरिएको हो ।

    बुधवार राष्ट्रपति कार्यलयमा एक विशेष समारोहका बीच रास्ट्रपति भण्डारीले उनलाई सम्मान गरेकी हुन् । उक्त अवसरमा श्रेष्ठलाई जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिएको छ । श्रेष्ठ तत्कालिन माओवादी जनयुद्धका ‘वैज्ञानिक’का रुपमा समेत परिचित छन् । जनयुद्धकालीन हातहतियार र प्रविधि निर्माणमा उनको नेतृत्व रहेको बताइन्छ । हाल उनी नेकपा(माओवादी केन्द्र) मा आवद्ध रही राजनीतिक तथा सामाजिक सेवामा सक्रिय छन् ।

    तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राष्ट्रिय मानपदवी, अलंकार र पदकद्वारा सम्मानित गर्न उनी लगायत १ दर्जन नाम सिफारिस गरेकी थिइन् । सोही सिफारिस र मूल्यांकनका आधारमा संविधान दिवसको अवसर पारेर मानपदवी, अलंकार र पदकद्वारा विभूषित हुनेहरुको नाम घोषणा गरिएको थियो । पूर्व घोषित विशिष्ट व्यक्तिहरु बुधवार सम्मानित भएका हुन् ।

    गत चैत २७ मा वितरण गरिएको पदकमा चुच्चे नक्सा नसमेटिएको भन्दै विरोध भएपछि बुधवार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको पदक वितरण गरिएको हो । बुधबार शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको पदकद्वारा विभूषित गरेकी हुन् ।

    विभूषित हुने ५९४ जनामा भक्तपुरबाट १६ जना परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापा, भक्तपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गणका गणपति उद्धवबहादुर न्यौपाने,जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशी, भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतम, महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरी, मोरंग घर भई हाल मध्यपुर थिमी नगरपालिका बस्ने साहित्यकार अनिरुद्र पौडेल (अनिल पौडेल), कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत दन्तरोगकी चिकित्सक डा सुमी मल्ल केसी र तत्कालीन बीरदल गण सूर्यविनायकमा कार्यरत गणपति शिव प्रसाद पौडेल पनि प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित भएका बताइएको छ ।

    जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिएको छ भने सोही पदकद्वारा भक्तपुर १० की बाबा मैया जोन्छे र भक्तपुर अस्पतालकी ल्याब टेक्निसियन सुनिता न्यौपाने पनि विभूषित भएकी छन् ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा स्वयम्सेवक भई कार्य गरिरहेका समाजसेवी भक्तपुरका अरुण सैजूले पनि ‘समाज सेवा रत्न’ पाउने भएका छन् भने सोही अलंकार बाट राजेश गाईजू पनि विभूषित भएका छन् ।

    अतिपौरख भाष्करबाट सूर्यविनायकस्थित वीरदल गणका जमदार सूर्यबहादुर खत्री सम्मानित भएका छन् भने सोही गणका अर्का जमदार शंकर चौधरीले महापौरख भास्कर पाएका छन् । भक्तपुरबाट सबैभन्दा ठूलाे सम्मान हात पार्नेमा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली परेका छन् । उनलाई सुप्रवल जनसेवा श्री (तृतीय) द्वारा सम्मानित गरिएको छ ।

    यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान गरिएन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखा रोगका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिँएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...