News Portal

  • प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्ट्बीचको सम्झौता पत्र बाहिरियो

    काठमाडौ, २ बैशाख
    २७८३ पटक
    काठमाडौ, २ बैशाख

    प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ ।

    २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति ३ घण्टा छलफल भएको थियो ।

    छलफलको क्रममा ओली र रअ प्रमुख गोयलबीच के कुरा भयो भन्ने तथ्यगत जानकारी बाहिर आएको थिएन । सो भेटमा ओली र गोयलबीच ४ बुँदे सहमति भएको खुलेको छ ।

    उज्यालो नेटवर्कलाई प्राप्त सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सघाउनेसम्मको विषय उल्लेख छ ।

    सहमतिको पहिलो बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ ।

    त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ । त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीका प्रतिबद्धता उल्लेख गरेका छन् ।

    यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि उल्लेख गरेका छन् ।

    सहमतिपत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली र भारतको तर्फबाट गोयलले हस्ताक्षर गरेका छन् । ( उज्यालो नेटवर्कबाट साभार गरिएको )

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...