News Portal

  • चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ३ बैशाख
    ४६२७ पटक
    भक्तपुर, ३ बैशाख

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ ।

    सूर्यविनायक तर्फ गइरहेको प्रदेश ३ को ८२५० नम्बरको पल्सरको एनएस मोटरसाइकललाई सोही तर्फ गइरहेको अर्को मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताए । ठक्कर दिने मोटरसाइकल फरार रहेको बताइएको छ । दुर्घटनामा मृत्यु भएका युवकको पहिचान हुन नसकेको महानगरीय ट्राफिक कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले बताए । दुर्घटनाको थप विवरण आउन बाकी छ ।

    अपडेट : चुनदेवी दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । मृतकहरु बाँकेको नेपालगंज घर भई हाल काठमाडौ पुतलीसडक बस्ने अन्दाजी २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिका घर भई हाल पुतलीसडक बस्ने अन्दाजी १८ वर्षीय सुमन गिरी रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी दिपक गिरीले पुष्टि गरेका छन् । डिएसपी गिरीका अनुसार दुर्घटनापछि तत्कालै प्रहरी पुगी उनीहरुलाई घाइते अवस्थामा ठिमीस्थित मध्यपुर अस्पताल पुर्याइएको थियो । शुक्रवार मध्यान्ह १२:१० बजे उनीहरुको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेका थिए ।

    उक्त मोटरसाईकललाई अन्य कुनै सवारी साधनले ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको हो वा तीब्र गतिको कारण आफै अनियन्त्रित भई दुर्घटना भएको हो भन्ने प्रहरीले यकिन गर्न नसकेको बताइन्छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...