News Portal

  • भक्तपुरमा माओवादी केन्द्रप्रति युवाको आकर्षण, ताथलिबाट ठूलो संख्यामा पार्टी प्रवेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ बैशाख २०७७
    १९८२ पटक
    भक्तपुर, ४ बैशाख २०७७

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) मा युवाहरुको आकर्षण देखिएको छ । पछिल्लो समय राजनीतिलाई नजिकबाट नियालिरहेका युवाहरुको माओवादी केन्द्रप्रति आकर्षण देखिएको हो ।

    शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिबाट १ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजनीतिक चेतसहित सामाजिक कार्यमा सक्रिय युवाहरु माओवादी केन्द्रमा समाहित भएपछि स्थानीय नेताहरु उत्साहित बनेका छन् ।

    शनिवार सल्लाघारीस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युवा नेता मदन ढुंगाना, दिलकुमार बाला र जगन्नाथ खत्रीको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशी युवाहरुले परिवर्तनलाई सस्थागत गर्न माओवादीमा गोलबन्द हुनुको बिकल्प नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल माओवादी केन्द्रकै देन भएको भन्दै उनीहरुले माओवादी केन्द्रले मात्र व्यवस्था र संविधानको रक्षा गर्नसक्ने भएकोले पार्टी प्रवेश गरेको प्रष्ट पारे ।

    युवाहरु व्यक्तिगत स्वार्थले प्रेरित भएर राजनीतिमा लाग्नु नहुनेमा जोड दिदै उनीहरुले समाज, राष्ट्र र श्रमजिवी वर्गको सेवाका लागि माओवादी केन्द्रमा जोडिएको जिकिर गरे । नवप्रवेशी युवाहरुलाई जिल्ला संयोजक डिपी ढकालले पार्टीमा स्वागत गरेका थिए भने नेता देवेन्द्र श्रेष्ठले पार्टीको राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेताहरुले अग्रगमनको पक्षमा नलाग्नेहरु युवा हुन नसक्ने उल्लेख गर्दै युवालाई अघि बढ्न सत्ता र शक्तिले रोक्न नसक्ने बताए । पार्टी सडकमा हुँदा जोडिन आउनेहरु वास्तविक कार्यकर्ता भएका भन्दै नेताहरुले नवप्रवेशी युवाहरुबाट पार्टी र क्रान्तिलाई सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

    उक्त अवसरमा जिल्ला नेताहरु सुरेश न्यौपाने, सुदर्शन पराजुली नगर इन्चार्ज रामशरण दाहाल, नगर संयोजक नरेश खड्का, वडा इन्चार्ज रामलाल नेम्हेफुकी, वाइसिएल संयोजक नरेश वाइवा, बिनोद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...