News Portal

  • भक्तपुरमा महाभूकम्पको सम्झना सहित पुनर्निर्माणको समीक्षा गोष्ठी सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ बैशाख
    ९४१ पटक
    भक्तपुर, १३ बैशाख

    गोरखाको बार्पाक केन्द्रबिन्दु भई गएको विनासकारी महाभूकम्पपछि भक्तपुरमा भएको पुनर्निर्माण बारे समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को आयोजनामा आइतवार समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

    गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले जिल्लामा पुनर्निर्माणको अवस्था सन्तोषजनक रहेको बताए । सत्प्रतिसत कुनैकुरामा पनि हुननसक्ने भन्दै संयोजक गेलालले भक्तपुरको पुनर्निर्माण सन्तोषजनक रहेको जिकिर गरेका हुन् ।

    जिल्ला समन्वय समितिले पुनर्निमाणको क्षेत्रमा समस्या समाधानका पहल गरेका उदाहरण दिंदै उनले नगरपालिका पिच्छे फरक समस्यासंग जुध्नु परेको खुलासा समेत गरे । चाँगुनारायण नगरपालिकामा एउटा घरमा एउटा लाभग्राही हुँदा भक्तपुर नगरपालिकामा संयुक्त परिवार भएकाले सो संख्या बढेको अनुभव बाढ्दै संयोजक गेलालले लाभाग्राहीले व्यहोर्नुपरेको समस्याहरुबारे बताए। पुरातात्विक र सम्पदा सम्बन्धी मापदण्ड पुरा गर्न नसक्दा भक्तपुर नगरपालिकाले पुनर्निर्माण गर्न नदिएको र करिब ५० करोड रुपैया फ्रिज भएको उनको भनाइ छ ।

    उक्त अवसरमा आयोजक जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को आयोजना प्रमुख आनन्दप्रसाद आचार्यले भक्तपुरमा पहिलो किस्ता लिएका लाभाग्राहीमध्ये ५० प्रतिसतले मात्र तेस्रो किस्ता लिएका र पुनर्निर्माण सम्पन्न गरेका जानकारी गराए । उनका अनुसार लाभग्राहीको कमजोर आर्थिक हैसियत,जग्गासम्बन्धी मुद्दा, पारिवारिक एवं अंशको किचलो,स्वीकृत नक्सा अनुसार घर नबनाउने जस्ता कारण पहिलो किस्ता लिएका २४ हजारमा दोश्रो किस्ता लिनेबेला १३ हजार र तेस्रो किस्ता लिनेबेला त्यो पनि झरेर १२ हजारको ३ सय ३२ जनामा सिमित हुन पुगेको हो ।

    कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) को तर्फबाट बोल्दै इन्जिनियर अजयकुमार साहले आफूहरुले ९७ विद्यालयमा ७५ विद्यालयमा पुनर्निर्माणको काम गरेको बताए । सबैभन्दा बढी यसै आवमा २५ विद्यालयको पुनर्निर्माणको काम गरेको र त्यो असार मसान्तसम्ममा सबै पूरा गरिने उनले प्रष्ट पारे । केहि विद्यालय भने नगरपालिकाले नक्सा स्वीकृत नगर्दा पुनर्निर्माण हुन नसकेको उनको जिकिर छ ।

    त्यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) की प्रमुख रमामैया मानन्धरले आफ्नो कार्यालयले चाँगुनारायण९ मा एकीकृत बस्ती नै बनाएको दावी गरिन । त्यसैगरी उनले जोखिम वर्गको घर पुनर्निर्माणमा आफूहरुले कार्यालय बाटै डकर्मी खटाई पुनर्निर्माण गरेको जानकारी दिइन । उक्त अवसरमा मानन्धरले भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले भने आफ्नो कार्यालयका डकर्मीलाई हाजिर हुन नदिएकाले काम गर्न समस्या भएको भनेकी थिइन् । त्यसैगरी स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका तर्फबाट प्रस्तुतिकरण पेश गर्दै मोहनसिंह लामाले पुरातत्व र सम्पदा संरक्षणको दृष्टिले नहेरी विदेशी दाताको सर्तमा रहेर पुनर्निमाण प्राधिकरणले बजेट ल्याएको र खर्चको मोडालिटी बनाएको आरोप लगाए । दाताको सर्तमा रहेर कतिपय सम्पदाको पुनर्निमाण गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले पुनर्निर्माणमा भएका अभ्यास र अवस्थाको यथार्थ डकुमेण्टेसन हुनुपर्नेमा जोड दिए । पुनर्निर्माणमा आइपरेका समस्या र समाधानमा गरिएका प्रयासहरुको डकुमेण्टेसनले सम्भावित प्रकोपपछिको समयमा सहयोग पुग्ने भन्दै उनले पुनर्निर्माणको यथार्थ अवस्थाको डकुमेण्टेसनमा पत्रकार महासंघ सहकार्य गर्न तयार रहेको जानकारी गराए ।

    उक्त अवसरमा जिसस उपप्रमुख विणा बास्तोला, सूर्यविनायककी उपमेयर जुना बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी लगायतले भक्तपुरको पुनर्निर्माणको अवस्थाबारे अवगत गराएका थिए । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जलीसमेत व्यक्त गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...