News Portal

  • निषेधाज्ञासंगै भक्तपुरमा कडाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख
    १५८६ पटक
    भक्तपुर, १६ बैशाख

    काठमाडौँ उपत्यकामा निषेधाज्ञासंगै भक्तपुरमा पनि प्रहरीले कडाइ गरेको छ । भक्तपुरका सडकमा अनावस्यक आवतजावत रोक्न प्रहरी तैनाथ गरिएको छ ।

    ठाउँठाउँमा चेकिङ खडा गरि बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    तोकिएको बाहेकका सवारीसाधन चलाउने मानिसहरुलाई नियन्त्रणमा राखिएको र फ़र्काइएको प्रहरीको भनाइ छ ।

    ट्राफिक र प्रहरीले संयुक्तरुपमा सवारी चेकिङ गरिरहेका छन् । यसैबीच, प्रेस ज्याकेटको दुरुपयोग हुन नदिन आफूहरुले पनि सडकमा निगरानी गरिरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् ।

    आज बिहान ६ बजेदेखि काठमाडौं उपत्यकाका निषेधाज्ञा सुरु भएको हो। निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक लगाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...