News Portal

  • भक्तपुरमा संचारगृहको परिचय पत्र बोकेका पत्रकारलाई नरोक्न सिडिओको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७८
    ८७२ पटक
    भक्तपुर, १६ बैशाख २०७८

    निषेधाज्ञामा समाचार संकलनका लागि हिडेका पत्रकारलाई नरोक्न भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले आदेश दिएका छन् । बिहिवारबाट शुरु निषेधाज्ञाको कुनै पनि दिन पत्रकार परिचय पत्र बोकेर हिडेका पत्रकारलाई नरोक्न उनले आदेश दिएका हुन् ।

    सिडिओ भट्टाराईले सूचना बिभागद्वारा जारी परिचय पत्र नभएता पनि सम्बद्ध संचार गृहको परिचय पत्रका आधारमा आवतजावत गर्न दिन आदेश दिए । प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापालाई उनले उक्त व्यवस्थाका लागि आदेश गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे र कार्यसमिति सदस्य रामगोपाल तमखु लगायतका पत्रकार सामु एसपी थापालाई आदेश दिंदै उनले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि पत्रकारहरुको साथ् र सहयोगको अपेक्षा समेत गरेका छन् । सिडिओ भट्टराईलाई भेट्न जिप्रका पुगेको नेपाल पत्रकार महासंघ भक्तपुरको टोलीले निषेधाज्ञामा संचार गृहको परिचय पत्र बोकेर समाचार संकलनमा हिडेका पत्रकारलाई नरोक्न आग्रह गरेको थियो । उक्त अवसरमा अध्यक्ष प्रजापतिले प्रेस ज्याकेटको दुरुपयोग गर्ने र नक्कली परिचय पत्र बोकेर हिड्नेहरुलाई कारवाही गर्न महासंघले सघाउने समेत बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...