News Portal

  • अब खरिपाटीमा आइसीयुसहितको कोरोना विशेष अस्पताल

    क्वारेन्टाइन र आइसोलेसन सेन्टरपछि खरिपाटीमा अब कोरोना अस्पताल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ बैशाख २०७८
    १२४४ पटक
    भक्तपुर, २२ बैशाख २०७८

    सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो ।

    बुधवार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका सचिव सहित बसेको बैठकले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रलाई आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाइ सञ्चालनमा ल्याउन निर्णय गरिएको बताइएको छ ।

    मुख्यसचिव वैरागीको अध्यक्षतामा बसेको बैठकबाट दुई दर्जन बढी निर्णयहरू भएका र त्यसमध्ये खरिपाटीमा आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाइ सञ्चालनमा ल्याउन निर्णय समेत गरिएको सहभागी एक सचिवले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा रहेका सबैजनालाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम राखिएको थियो । मेडिकल डाक्टरको विशेष टोलीले उनीहरुमाथि निगरानी गरेको थियो । विद्युत प्राधिकरणको चारवटा भवन प्रयोग गरी बनाइएको क्वारेन्टाइनमा सिसिक्यामरा, टेलिभिजन, स्पीकर, वाइफ़ाइ जडान गरिएको छ । यहाँ खुला र पर्याप्त क्षेत्र रहेकाले पछिल्लों समय बागमती प्रदेश सरकारले यसलाई भक्तपुर अस्पतालको व्यवस्थापनमा आइसोलेसन सेन्टर समेतका रुपमा प्रयोग गरिसकेको छ ।

    कोरोना भाइरसको दोश्रो लहरसंगै अस्पतालहरु संक्रमितबाट भरिन थालेपछि सरकारले यसपटक यसलाई कोभिड अस्पतालकै रुपमा रुपान्तरण गर्दै संचालनमा ल्याउन लागेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...