News Portal

  • कोरोना भन्दा पनि पाकेको गहुँ भित्र्याउन नसकिने होकि भन्ने चिन्तामा भक्तपुरे किसान

    अनिल फोजूभक्तपुर,२९ वैशाख २०७८
    २३०० पटक
    भक्तपुर,२९ वैशाख २०७८

    यतिवेला गाउँवस्ती सबै त्रसित अवस्थामा छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको छ । यतिबेला काठमाडौ उपत्यकासंगै भक्तपुरका किसानहरु पनि कोरोना भाइरसको कारण त्रसित मात्र नभएर कसरी बाली भित्राउने भन्ने चिन्तामा समेत परेका छन् ।

    देशमा निषेधाज्ञा कायम छ । मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । तर यसले किसानहरु झन् चिन्तित देखिन्छन् ।

    यो वैशाख महिना । अलि धेरै गर्मि हुँने समय । वर्षभरि किसानले मेहेनत गरि फलाएको गहुँ बाली भित्र्याउने समय । खेतमा गहुँ पाक्ने समय । पानी र असिनाले बाली बिगार्ने उस्तै चिन्ता छ यतिबेला किसानहरुमा । यो समयमा किसानहरुलाई कोरोनाको भन्दा पनि पाकिसकेको गहुँ घर भित्र भित्र्याउन पो नसकिने हो कि भनेर चिन्ता लागेको छ ।

    देश लकडाउनमा रहँदा काठमाडौं उपत्यकाका अधिकाशं खेतमा लगाइएको गहुँ बाली भित्र्याउन किसानहरुलाई चिन्ता बढ्न थालेको हो । यो समय किसानहरु खेतमा व्यस्त हुँने समय पनि हो । धानको बीउ राख्न हतारो भइसकेको छ तर यस्तो समयमा किसानहरु खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकिसकेर झर्ने बेला भइसकेको छ । काठमाडौं उपत्यका गहुँ उत्पादनको लागि राम्रो ठाउँ मानिन्छ । यहाँ बाट उत्पादित गहुँले उपत्यकाकामा केहि मात्रामा भनेपनि गहुँमा आत्मनिर्भर देखिन्छ ।

    देशमा नयाँ कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ६० वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । किसानहरु घर बाहिर निस्कन नपाएपछि खानकै निम्ति अन्न नहुने होकी भन्ने चिन्ता बढेको छ  ।

    त्यस्तै , काठमाडौं उपत्यकाका अधिकाशं खेत संगै घर हुँनेहरुले गहुँ भित्र्याउने क्रम जारी छ । मानिसको भेला नगर भनेपनि किसानको काममा मानिसको भिड नभइ नहुँने काम भएकोेले मानिसको भिडमा नै किसानहरुले गहुँ कात्न सुरु गरेका छन । यस्तो अवस्था किसानहरुले माक्स भने अनिबार्य लगाएको देखिन्छ ।

    काम छिटो सकाउन थेसरको प्रयोग तर छ्वालीको भने नाश
    यतिबेला गहुँ काटीसकेपछि काम छिटो तरिकाले सकाउन थ्रेसरको प्रयोग भएको छ । यसबाट काम छिटो सकिनुका साथै अति नै सहज भएकोले किसानहरुले उक्त थ्रेसर मिसिनको प्रयोग भएको हो । तर यसबाट भने छ्वालीको विनाश भएको छ ।
    छ्वाली विशेष गरि घरको छानो हाल्न, चुलोमा आँगो बाल्न समेत प्रयोग गरिन्छ । अचेल यहाँ छ्वाली पाउनै गाह्रो भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...