News Portal

  • भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० बैशाख २०७८
    ९६० पटक
    भक्तपुर, ३० बैशाख २०७८

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् ।

    ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद रु १० हजार, पत्रकार निशा ओलीबाट प्राप्त रु ५ हजार र महासंघ भक्तपुर शाखाको तर्फबाट रु ५ हजार गरी २० हजार रुपैया नगद सहयोग गरिएको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् ।

    पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले विहीबार उनको भाइमार्फत उक्त नगद अध्यक्ष प्रजापतिले हस्तान्तरण गरेका हुन् । पत्रकार ढकाललाई मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरिएको थियो । उक्त अवसरमा प्रदेश समितिका सचिव अमर भुजु र जिल्ला सचिव संजीप घिमिरे’शुभचिन्तक’ को समेत उपस्थिति रहेको थियो ।

    कोरोना संक्रमण भएपछि ढकालको भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो । स्वास्थ्य स्थिति गम्भिर बन्दै गएपछि उनलाई मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा राखी थप उपचार भएको थियो । उनी हाल डिस्चार्ज भई घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । महासंघले सहसचिव ढकाल लगायत स्वास्थ्य लाभ गरिरहेका सबैको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । हाल महासंघ भक्तपुरका छ जना सदस्यहरु कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका छन् ।

    यसैबीच, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पत्रकार कल्याण कोषमा मध्यपुर थिमि ४ का स्थानीय सिद्धि श्रेष्ठले नगद ५ हजार सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमणको यस कठिन समयमा समेत जनतालाई सुसूचित गर्ने कर्तब्य निर्वाह गर्दागर्दै संक्रमित हुनपुगेका पत्रकारको हौसला बढाउन तथा उपचारका लागि कोषमा आर्थिक सहयोग गर्न आम संचारप्रेमी जनसमुदायसंग महासंघ भक्तपुरका सचिव संजीप घिमिरेले अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...