News Portal

  • अक्सिजन उत्पादनको परीक्षण गर्दै नगरपालिका अस्पताल, दैनिक पन्ध्र सय लिटरको लक्ष्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ जेठ २०७८
    १२५१ पटक
    भक्तपुर, १ जेठ २०७८

    मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको छ । शुक्रवारबाट अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको हो ।

    करिब पैसठ्ठी लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टको सबै उपकरण जडान भएपश्चात परीक्षण उत्पादन शुरु गरिएको अस्पतालका प्रशासक रुपेश श्रेष्ठले जनाएका छन् । प्रशासक श्रेष्ठका अनुसार उत्पादन नै शुरु भैसकेको अवस्था भने छैन । केहि प्राविधिक समस्या भएकोले त्यसको समाधानका लागि समन्धित कम्पनीको तर्फबाट कार्य भैरहेको छ ।

    अस्पतालका प्रशासक श्रेष्ठका अनुसार जडान गरिएको प्लान्टको उत्पादन क्षमता दैनिक करिब पन्ध्र सय लिटर छ । यसले दैनिक ३० बटा सिलिन्डर भर्ने क्षमता राख्दछ । उनले हाल अस्पतालमा ४३ जना कोभिड संक्रमितको उपचार भैरहेको र सबैलाई अक्सिजन अनिवार्य चाहिने अवस्था रहेको बताए । आफनै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भए पश्चात वर्तमान अक्सिजनको अभाव केहि हद सम्म अन्त्य हुने तर यो नै पर्याप्त भने नभएको उनको भनाइ छ ।

    अस्पतालले अक्सिजन उत्पादन गरेको समाचार सार्वजनिक भएपछि उपचाररत बिरामीका आफन्त भने अन्योलमा रहेका छन् । अस्पतालले अक्सिजन अभाव नै रहेको भनेपछि उनीहरु सशंकित बनेका हुन् । प्रशासक श्रेष्ठले बास्तवमै उत्पादन शुरु नभैसकेकोले धैर्य गर्न बिरामीका आफन्तहरुलाई अनुरोध गरेका छन् । परिक्षण सफल भए केहि दिन भित्रै अस्पतालमै अक्सिजन उत्पादन हुने र यसले अक्सिजनको अभावका कारण उत्पन्न तनाव केहि हदसम्म अन्त्य हुने उनको भनाइ छ ।

    नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चुडामणि पन्थीले प्राविधिक विषय भएकोले अस्पताल प्रशासनसंग बुझेर मात्र समाचार सस्प्रेषण गर्न समेत अनुरोध गरेका छन् । उनले अक्सिजन उत्पादनको विषयबाट जनताहरु उत्साहित भएका र यसले नगरपालिकालाई काम गर्न थप प्रेरित गरेको समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...