News Portal

  • कोरोना कहरमा माओवादीबारे यस्ता हेडलाइन चाहन्छन् पत्रकार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७८
    ११३१ पटक
    भक्तपुर, ३ जेठ २०७८

    प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ ।

    देशमा कोरोना महामारीले जनता मरिरहदा फेरि एकपटक माओबादीलाई मानिसहरु सम्झिरहेछन । वर्तमान सरकारका मन्त्रीहरु अस्पतालमा अक्सिजन आपूर्तीको निर्देशन दिनुको सट्टा आर्यघाटमा दाउरा आपूर्तीको निर्देशन दिन थालेपछि जनताको मनमा चिसो पसेको छ । देशमा कोरोना कहरको रुवावासी चलिरहदा सरकार संसदमा सत्ताको जोड घटाउमा जुट्छ अनि हिजो त्यहि संसद खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो भन्ने माओवादी त्यसको बिरोध गर्दैन बरु उल्टै त्यो फोहोरी खेलमा सामेल हुन्छ । हिजोको संसदीय दल भनिएर टेस्टेड राजनीतिक पार्टीहरुसंग कुम जोड्न पुगेको माओवादीले कुनै कोणबाट पनि आफूलाई क्रान्तिकारी पार्टीको रुपमा स्थापित गर्न सकेको छैन । जसले गर्दा जनताहरु निरास भएका छन् ।

    अध्यक्ष प्रचण्डले जनयुद्धको अवतरण गरी चुनावमा सामेल हुँदा माओवादीलाई जनताले सर्वाधिक मत दिएको जगजाहेर छ । त्यो उसको क्रान्तिकारीपन र अग्रगमनलाई जनताले अनुमोदन गरी माओवादीलाई आत्मसाथ गरेका थिए । तर, उही सत्ताको झिनाझपटी र पदलोलुपताले माओवादीलाई आन्तरिक कलहको भुमरीमा मात्र पुर्याएन माओवादी आन्दोलनकै अवसान गराउने स्थिति सम्म पुर्याएको विश्लेषण गर्न सकिन्छ ।

    पछिल्लो समय प्रचण्ड र उनको पार्टी नेकपा (माओवादी केन्द्र) बिचलित बनेको देखिन्छ । हठात् एमालेसंगको एकतापछि उसलाई आफ्नो फरकपन पुनार्थापित गर्ने चुनौती तेर्सिएको छ । एमालेसंगको एकता र सम्बन्ध बिच्छेदसम्म आइपुग्दा यसले आफ्नो क्रान्तिकारी पूजी लगभग गुमाएको देखिन्छ ।

    देशमा कोरोना कहर हुँदा हिजोको जनताको पार्टी भनिने माओवादी जनतासंग पुग्न सकेको छैन । हिजो जनयुद्ध वा संघर्षको मैदानमा भएको भए माओवादीले जनतालाई साथमा लिएर सत्ता र रोग बिरुद्ध लडेको कल्पना गर्न सकिन्छ तर यतिबेला त्यो कोरा कल्पना बन्न पुगेको छ ।

    यसै सन्दर्भमा  दैनिक अनलाइनका सीइओसमेत रहेका पत्रकार पवन रेग्मीले यदि जनयुद्ध वा संघर्षको मैदानमा भएको भए माओवादीबारे समाचारका हेडलाइन यस्ता हुने कल्पना गरेका छन् :

    – ७ बन्द अक्सिजन फ्याक्ट्री माओवादी कब्जामा चौबिस घण्टा काम गरेर देशैभरि अक्सिजन पूर्ति गरिने ।

    – बिक्नै छोडे मास्क र स्यानिटाइजर वाइसिएलले गाउँ गाउमा उत्पादन गर्दै ।

    – अवैध गाडीहरू कब्जा गरेर धमाधम एम्बुलेन्समा बदल्दै अखिल क्रान्तिकारी ।

    – मजदुर सङठनले बन्द फ्याक्ट्रीमा बनायो १०० बेडको आइसोलेसन , प्रत्येक जिल्लामा एक एक वटा बनाउने ।

    – कोरोनामा सन्क्रमित भन्छन् माओवादी नभइदिएको भए आज म पनि हुने थिएन मेरो वाकी जीवन देश र जनतालाई ।

    – कमरेड प्रचण्ड भन्नु हुन्छ ‘हाम्रो सत्ता आएको भए यति बेला हामी आफै खोप निर्माण गरेर छिमेकीहरुलाइ सहयोग गरिरहेका हुनेथियौ ।’

    तर बिडम्बना अहिले माओवादीबारे त्यो समाचार बन्न सक्ने कुनै आधार देखिदैन । उतिबेलाका सफल कमान्डर प्रचण्ड यतिबेला निरिह देखिएका छन् । उनी कसरी पार्टी पुनर्संगठित र सुदृढ बनाउने भन्ने अलमलमा छन् । कस्तुरीले बास्ना खोजे झैँ उनी आफ्नो संगठन छोडेर संगठन सुदृढ बनाउने तरिका खोज्दैछन ।

    पत्रकार रेग्मीले माओको भनाइ उद्घृत गर्दै सुझाव समेत दिएका छन् कि माओ भन्थे तिमि रेड हौ भने एक्सपर्ट पनि बन्न सक्छौ तर एक्सपर्ट रेड बन्न सक्दैन । ”प्रचण्डले एक्सपर्टको खोजीमा रेडहरू गुमाए, समस्या पार्टीमा होइन, प्रचण्डको नीतिमा थियो । नत रेडहरू बचाउनु भयो नत एक्सपर्ट हरुको साथ पाउनु भयो ।”उनले भनेका छन् । उनले पार्टी संगठन कस्तो हुने भन्ने विषयमा प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालको फेसबुकमा यो प्रतिक्रिया स्वरुप दिएका हुन् ।

    वास्तवमा, संघर्ष र संघर्षपछिको बिचलनलाई जनताले एक एक मूल्यांकन गरिरहेका छन् । अझै पनि जनतासंग नजोडिने हो भने माओवादी मात्र होइन, उ पछि आफूलाई जनताको क्रान्तिकारी पार्टी भन्नेहरु प्रति पनि जनताको सदैव संसय रहिरहनेछ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...