News Portal

  • कोभिडमा राहत : भक्तपुरमा भित्रियो मोबाइल एक्सरे र अक्सिजन कनसनट्रेटर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २०७८ जेष्ठ ५ बुधवार
    १९४४ पटक
    भक्तपुर, २०७८ जेष्ठ ५ बुधवार

    बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ ।

    ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको हो ।

    बोरिस हेस नेपालले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा मोबाइल एक्स—रे १ थान, अक्सिजन कनसनट्रेटर २ थान, भेन्चुरी मास्क १ सय थान र रेभेस्री मास्क १ सय थान गरी रु १० लाख ४५ हजार ५ सय रकम बराबरको आर्थिक सहयोग प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

    सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले सस्थाका प्रतिनिधिहरुलाई धन्यवाद पत्र समेत प्रदान गरेका छन् । उक्त अवसरमा प्रमुख प्रजापतिले कोभिड बिरुद्धको लडाइमा सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

    कोभिड१९ बाट संक्रमित बिरामीको पहिचान गर्न मोबाइल एक्स—रे को ठूलो महत्व छ । प्रत्येक संक्रमित अथवा सभावित संक्रमित भएकै ठाउमा मोबाइल एक्स-रे मशीन लगेर सिधै एक्स-रे गर्न र कोभिड भए नभएको हेर्न सकिने भएकोले यसले सम्भावित संक्रमण नियन्त्रणमा ठूलो महत्व राख्दछ ।

    त्यसैगरी अक्सिजन कनसेनट्रेटर एक मेडिकल डिवाइस हो, जसले आसपासको हावाबाट अक्सिजन लिन्छ र त्यो अक्सिजन विरामीलाई दिन सकिन्छ । अक्सिजन कनसेनट्रेटर अलग अलग क्षमताको हुन्छ । सानो पोर्टेबल अक्सिजन कनसेनट्रेटरले एक मिनटमा २ लिटर अक्सिजन संकलन र प्रवाह गर्न सक्छ ।

    मोबाइल एक्स-रे र अक्सिजन कनसेनट्रेटर भक्तपुरमा भित्रिएको यो पहिलोपटक हो । मोबाइल एक्स—रे र अक्सिजन कनसनट्रेटर उपलब्ध भएसगै भक्तपुरमा कोभिड उपचार सहज हुने विस्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...