News Portal

  • पुन: संसद विघटन हुने प्रधानमन्त्रीको चेतावनी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,७ जेठ २०७८,शुक्रबार
    ६७० पटक
    भक्तपुर,७ जेठ २०७८,शुक्रबार

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको बताए ।पत्रकार सम्मेलन मार्फत उनले सो कुरा बताएका हुन्  ।

    काँग्रेस र माओवादी मिल्दा पनि ११० जना मात्रै सांसद रहेको तर आफूसँग एक्लै १२१ जना सांसद रहेको भन्दै उनले किस्तीमा राखेर प्रधानमन्त्री पद टक्राउन नसकिने बताए ।

    आफूलाई समर्थन नगरे अरुले पनि बहुमत जुटाउन नसक्ने र पुन: संसद विघटन हुने उनको चेतावनी छ । ”केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई चुनावमा लग्यो भन्न पाइन्न ।” उनले भने ।

    घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोष जति आफ्नो टाउकोमा हाल्ने काम नगर्नसमेत विपक्षी गठबन्धनलाई उनको आग्रह छ ।

    उनले आफुसंग सैद्धान्तिक रूपले १२१ सिट भएको , २७ जना दलभित्रका सांसद विपक्षमा उभिएकाले जम्मा ९३ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

    वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनलाई आग्रह गर्न राष्ट्रपतिलाई आफूले लगाएको तर विपक्षी गठबन्धनले बेकारमा राष्ट्रपतिलाई बिबादमा तानिरहेको उनको आरोप छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने विपक्षीको तयारीपछि उनले राष्ट्रपतिको बचाव गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले संविधानमा आफूले राजिनामा दिनुपर्ने व्यवस्था नभएको समेत जिकिर गरे । प्रतिपक्षीले वैकल्पिक सरकार दिए ठीक छ नदिए सहमतिका साथ राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको तर बिपक्षीहरुले अन्य बिकल्प समेत दिन नसकेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...