News Portal

  • निषेधाज्ञा एक साता थपियो : किराना पसल, डिपार्टमेन्ट स्टोर र मर्निङ्ग वाकमा पनि प्रतिबन्ध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ जेठ २०७८
    ३१७५ पटक
    भक्तपुर, ११ जेठ २०७८

    उपत्यकामा लगाइएको निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । कोभिड १९ संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

    मंगलबार उपत्यकाका तीनै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । यस पटक थपिएको निषेधाज्ञा पहिलेको भन्दा थप कडा पारिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराइले बताएका छन् ।

    भक्तपुरका सिडिओ भट्टराईले जनाए अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल मात्र खोल्न पाइने छ । तर किराना पसल, डिपार्टमेन्टल स्टोरहरु भने पूर्णरुपले बन्द गर्ने निर्णय भएको छ ।

    त्यतिमात्र होइन, मर्निङ्ग वाक र इभिनिंग वाकमा समेत पूर्ण बन्देज लगाइएको सिडिओ भट्टराईले भक्तपुर पोस्टसंग भनेका छन् । निषेधाज्ञा अटेर गर्नेलाई हालै जारी कोभिड–१९ अध्यादेशअनुसार कारबाही गर्ने पनि निर्णय भएको बताइएको छ ।

    अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाउन नपाइने व्यवस्था छ । त्यस्तो गरेको अवस्थामा दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

    हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ । मर्निङ्ग वाक र इभिनिंग वाकमा निस्कनेले यस्तो जरिवाना तिर्नुपर्ने भएको छ ।

    सरकारी कर्मचारी र अत्यावस्यक सेवा प्रवाहका कर्मचारीलाई समेत आवागमनमा समय तोकेर बिहान बिहान ९:३० देखि १ घण्टा र बेलुकी ५ बजेदेखि १ घन्टाको समय छुट्ट्याइएको छ ।

    निषेधाज्ञा थप कडा भएकोले त्यसको कार्यान्वयनका लागि आफूले प्रहरीलाई निर्देशन गरेको बताउदै सिडिओ भट्टराईले आम जनसमुदायलाई सहयोगका लागि आग्रह समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...