News Portal

  • भक्तपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न बागीश्वरी विद्यालय र कलेजको १० लाख सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ जेठ २०७८
    १६४१ पटक
    भक्तपुर, ११ जेठ २०७८

    कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई स्थानीय संघसस्थाले सहयोग गर्नेक्रम बढेको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट स्थापना गर्न स्वस्फूर्त सहयोग गर्नेक्रम बढेको हो ।

    नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा एउटै संस्थाले १० लाख रुपैया सम्म सहयोग जम्मा गराएका छन् । नगरस्थित सिद्धि गणेश र भक्तपुर बचत तथा ऋण सहकारी सस्थाले उक्त कोषमा आइतवार १० /१० लाख रुपैया सहयोग जम्मा गराएका हुन् । सोही दिन संगम साकोस, बाराही साकोस र जिल्ला बचत तथा ऋण सहकारी संघले समेत गरी ३० लाख सहयोग जुटेको थियो ।

    यसैबीच मंगलवार बागीश्वरी कलेज र बागीश्वरी माध्यामिक विद्यालयको तर्फबाट पनि १० लाख कोषमा जम्मा गरिएको नगरपालिकाले जनाएको छ । कलेजको तर्फबाट ४ लाख र विद्यालयको ६ लाख गरी १० लाख जम्मा भएको हो । मंगलवारका दाताहरु यस प्रकार छन्

    क्ररु।सं नाम सहयोग रकम
    श्री भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था रु. २,००,०००।—
    श्री डायमण्ड बचत तथा ऋण सहकारी संस्था लि. रु. ५०,०००।—
    श्री हरिगोपाल साँयजु रु. १०,०००।—
    श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. रु. १,११,०००।—
    श्री श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि. रु. १,७२,६५०।—
    श्री एस.बी.एस. इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. रु. १,११,१११।—
    श्री समय बचत तथा ऋण सहकारी संस्था लि. रु. १,१५,०००।—
    श्री बागीश्वरी कलेज रु.४,००,०००।—
    श्री बागीश्वरी माध्यामिक विद्यालय भनपा रु. ६,००,०००।—
    श्री पाटन रोटरी क्लब र नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाटन — पीपीई ११०, एन ९५ (बीवाईडी) २०, सर्जिकल मास्क ३० बाकस, ग्लोभ्स १० बाकस, पल्स अक्सिमिटर २, थर्मल गन २, ड्राइ फ्रुट्स प्याकेट, ५०, एन ९५ (लोकल) ५०)
    श्री प्रेमगोपाल कर्माचार्य रु. १,००,०००।—
    श्री आरम्भ नेपाल रु. २५,०००।—
    श्री निओ फ्युजन स्कूल अफ कम्प्युटर रु. ५,५५५।—
    श्री न्हुः इन्टरप्राइजेज रु. १,१११।—
    श्री कमलविनायक बचत तथा ऋण सहकारी संस्था रु. १,००,०००।—
    श्री दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठापन नेपाल रु. १,००,०००।—

    उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराइदिन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...