News Portal

  • भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ जेठ २०७८
    २३१३ पटक
    भक्तपुर, १२ जेठ २०७८

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त गठबन्धन बनाएर आन्दोलित भएका हुन् ।

    पार्टीका जिल्ला नेताहरु सहभागी बैठकले भक्तपुरका चारैवटा नगरपालिकामा आन्दोलन तयारी संयन्त्र समेत गठन गरेको छ । नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुंगेलले चारैवटा नगरपालिकामा आन्दोलन तयारी संयन्त्र गठन गरिएको पुष्टि गरे । नगरपालिकामा निर्माण गरिएको संयन्त्रले जिल्लास्थित संयन्त्रको निर्देशन कार्यान्वयन गर्ने र वडासम्म त्यसलाई लागू गराउने तथा आफैले पनि रचनात्मक विरोध र प्रतिरोधका कार्यक्रम संचालन गर्न सक्ने बताइएको छ ।

    ढुंगेलले जनाए अनुसार भक्तपुर नगरपालिकामा गठबन्धनले नेपाली काँग्रेसका नेता रामप्रसाद कासुला, नेकपा माओवादी केन्द्रका सुनिल गोथे बासु, नेकपा एमालेका रामगोपाल चौगुठी, जसपाका सुरेन्द्र विक्रम ध्वन्जु र राजमोका राजेश गोसाई रहेको आन्दोलन तयारी संयन्त्र बनाएको छ । मध्यपुर थिमी नगरका लागि काँग्रेसका सुरेन्द्र श्रेष्ठ, माओवादीका कृष्णलाल गोजा, एमालेका प्रेमानन्द श्रेष्ठ,जसपाका सरोज घजु र राजमोका भीम श्रेष्ठ रहेको संयन्त्र बनाइएको छ ।

    त्यसैगरी सूर्यविनायकमा काँग्रेसका बालकृष्ण थापा, माओवादीका जीवन तज दिलकृष्ण,एमालेका दिपक बिशुंखे,जसपाका उत्तम सापकोटा र राजमोका रमेश बन्जाडे रहेका छन् भने चाँगुनारायणमा काँग्रेसका शिवहरि केसी, माओवादीका रामशरण दाहाल, एमालेका वासुदेव खड्का र जसपाका अर्जुन फुयाल रहेको संयन्त्र बनाइएको छ ।

    गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले भक्तपुरमा भोलि बुधवार साँझ ७ बजे प्रत्येक घरबाट सिठी वा रित्तो थाल बजाएर सरकारको विरोध र खबरदारी गर्ने कार्यक्रम तय गरेको सहभागी जसपाका नेता श्रीराम खाइजुले बताए । असंबैधानिक तवरले गरिएको संसद बिघटनको बिरोध, कोभिड उपचार प्रभावकारी बनाउन पहल गर्ने र जनजीविकाको व्यवस्थापनमा पहल गर्ने संयन्त्रको प्रमुख ३ कार्यभार रहेको नेता खाइजुले स्पष्ट पारेका छन् । यसका लागि सरकारले गरेको प्रतिगमन, कोभिडको अव्यवस्था र जनजीविकाको अवमूल्यन विरुद्ध भक्तपुरका जनतालाई जुरुक्कै उठाउने गरी कार्यक्रम गर्ने बिपक्षी गठबन्धनको तयारी छ ।

    निषेधाज्ञामा पहिलो सांकेतिक बिरोध स्वरुप बुधवार साँझ ७ बजे भक्तपुरभरी घरको छत, कौसी वा आगनमा निस्केर सिठी वा थाल बजाएर बिरोध र खबरदारी गर्ने सर्वसम्मत निर्णय भएको बताइएको छ । उक्त बैठकमा नेपाली काँग्रेसका तर्फबाट सभापति दुर्लभ थापा आइसोलेसनमा रहेकाले उप सभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल र उद्धव सिलवाल, सहसचिव किरण न्यौपाने समेत सम्मिलत थिए भने माओवादी केन्द्रका अध्यक्ष डीपी ढकाल, एमालेका अध्यक्ष रञ्जन केसी, सचिव श्याम बस्नेत र कविराम थापा, राजमोका अध्यक्ष शिवहरि खनाल,जसपाका अध्यक्ष श्याम सिल्पकार, श्रीराम खाइजु र बिदुर केसी लगायतका नेताहरु सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...