News Portal

  • चाँगुनारायणमा वाइसीएलले राहत बाड्दा बिपन्न परिवारको चुल्हो बल्यो

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १३ जेठ २०७८ विहिबार
    २१५२ पटक
    ycl rahat at changunarayanभक्तपुर, १३ जेठ २०७८ विहिबार

    भक्तपुरमा नेकपा(माओवादी केन्द्र)ले राहत वितरणलाई निरन्तरता दिएको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी माओवादीले राहत वितरण गरिरहेको हो ।

    बुधवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का करिब ३० घरपरिवारका लागि राहत स्वरुप खाद्यान्न् सहयोग गरेको युवा नेता बिनोद लामिछानेले बताए । निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारको पहिचान गरी स्थानीय पार्टी र वाइसिएलको संयोजनमा राहत वितरण गरिएको उनले जनाएका छन् । महामारीबाट  स्थानीय जनतालाई पनि रोग र भोकबाट बचाउने आफूहरुको अभियान नै रहेको नेता लामिछानेले जानकारी गराए ।

    नेकपा(माओवादी केन्द्र) का चाँगुनारायण नगर सदस्य एवम वडा नम्बर ८ का अध्यक्ष मदन श्रेष्ठले सरकारले दैनिक ज्यालादारी गरी खाने मजदुर विपन्नको बेवास्ता गरेकोले आफूहरु अघि सर्नु परेको बताए । उनका अनुसार बुधवार वडाका ३० बिपन्न परिवारका लागि प्रति परिवार १ बोरा चामल १ प्याकेट दाल, नुन, तेल, चिनी र मास्क लगायत वितरण गरिएको छ ।

    राहत वितरणबाट स्थानीयहरु खुशी भएका र आफूहरुलाई आशिर्वाद दिएका भन्दै राहत वितरणका संयोजकसमेत रहेका चाँगुनारायण ८ का वाइसिएल अध्यक्ष दिपेश लामिछानेले सन्तोष व्यक्त गरेका छन् । आफूहरुले आफ्नो स्वास्थ्यको ख्याल नगरी पार्टीकै साथीभाई मिलेर राहत संकलन र वितरण गरिरहेको भन्दै उनले बिपन्न परिवारमा सानो प्रयासले ठुलो खुशी मिलेकोमा सन्तोष व्यक्त गरेका हुन् । आफूहरुले सहयोग गर्दा चागुनारायण ८ का ३० घरपरिवारको निभेको चुल्हो बलेको उनले बताए ।

    राहत वितरणमा सहभागी भएका वाइसिएल भक्तपुर जिल्ला अध्यक्ष नरेश वाइवाले पार्टी र संगठनले अप्ठ्यारोमा परेका जनताको आशु पुछ्न पहल गरिरहेको प्रष्ट पारे । राजनीति गर्ने प्रति जनताको अपेक्षा धेरै हुने तर कोभिडमा सरकारले अक्सिजन र अस्पतालको शैया मात्र होइन बाच्नेका लागि दालभातको पनि ग्यारेन्टी गर्न नसकेको उनको आरोप छ । सरकारको मुख ताकेर मात्र नभएकाले आफूहरु महामारीकै बीचमा आफ्नो स्वास्थ्यको ख्याल नगरी जनताको लागि खटेको उनको जिकिर छ । अध्यक्ष वाइवाले वाइसिएलले कसैलाई भोको बस्न नदिने बताउदै यस्तो स्थिति भएका परिवारले वाइसिएलका स्थानीय युवाहरु संग सम्पर्क गर्न र सहयोग प्राप्त गर्न पनि आग्रह गरे ।

    राहत वितरण कार्यक्रममा मदन ढुंगाना, सानु खत्री,लक्ष्मण दुलाल , जीवन बजगाईं लगायतका स्थानीय युवा नेताहरुको समेत सक्रिय सभागिता रहेको थियो । राहत वितरण कार्य सम्पन्न गरेका युवाहरुले यसलाई निरन्तरता दिने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

    संकटका बेला संयुक्त प्रयासले जनताको पिडामा मलहम लगाउन सकिने बताउदै नेकपा(माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले सहभागी सबैलाई धन्यवाद दिएका छन् । उनले अन्य वडा कमिटीहरुले पनि जनताको दुख हेरेर नबस्न निर्देशन दिइएको र पार्टीले रोग र भोक बाट बचाउन जनपक्षीय कामहरु गरिरहेको जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...