News Portal

  • प्रतिगमनबिरुद्ध भक्तपुरमा प्रदर्शन : शंखघण्ट, सिठी र थालले बोले बिद्रोहको भाषा

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १३ जेठ २०७८ विहिबार
    १२१२ पटक
    भक्तपुर, १३ जेठ २०७८ विहिबार

    कोभिड १९ नियन्त्रण र रोकथाममा निष्प्रभावी सावित भएको सरकारले निषेधाज्ञा भने झन् कडा बनाएको छ । एकातिर कोभिडको कहर छ भने अर्कोतिर देशमा प्रतिगमनले टाउको उठाउदा जनता त्राहीत्राही भएका छन् । जनतालाई जत्ति कोभिडको डर छ, प्रतिगमनका कारण उत्पन्न परिस्थितिले उनीहरु उत्तिकै आजित बनेका छन् । संसद विघटन गरेर प्रतिगमन भाग १ मन्चन गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कदम असफल भएपछि त्यसकै प्रतिशोध साधेर फेरिपनि संसद विघटन गरी प्रतिगमन भाग २ मा प्रवेश गरेका छन् । उनीहरुलाई रोक्न नसके देश प्रतिगामी कित्तामा पुग्ने त्रासले राजनीतिप्रति सचेत नागरिक चिन्तित र आन्दोलित छन् ।

    यसैबीच भक्तपुरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बिरुद्ध आन्दोलनको उद्घोष गरेका जिल्लास्थित पाँच प्रमुख पार्टीहरुले प्रतिगमन बिरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त गठबन्धन बनाएर आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले भक्तपुरका चोक चोकमा प्रदर्शन गरेका हुन् ।

    विहिबार साँझ ७ बजे सीमित नेताहरु सहभागी भै चोकचोकमा शंखघण्ट, सिठी र थाल बजाएर प्रतिगमन बिरुद्ध आगो ओकेलेका छन् भने कार्यकर्ता र समर्थक जनताहरुले घरबाट सो कार्य गरेका छन् । संयुक्त गठबन्धनले पूर्व निर्धारित प्रतिगमन विरुद्धको प्रदर्शन गरेका हुन् । प्रदर्शन आम मानिसहरुले घरबाट उत्साह पूर्वक अवलोकन गरेका थिए ।

    कोरोनाको निःशुल्क र सहज उपचारको व्यवस्था गराउन र संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध थाल र घण्टी बजाएर विरोध प्रदर्शन गरिेको हो। टौमढीस्थित पाँच तल्ले मन्दिर परिसरमा बिहिवार साँझ ७ बजे आयोजित कार्यक्रममा तीन मिनेट लगातार रित्तो थाल र घण्टी बजाएर विरोध प्रदर्शन गरेका हुन ।

    थाल र सिठी बजाउने कार्यक्रम पछि प्रदर्शनकारीहरुले प्रधानमन्त्री के पी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी समेत गरेका थिए। जिल्ला प्रशासन कार्यालय र महानगरिय प्रहरी परिसर भक्तपुरको करिव डेढ सय मिटर नजिक भएको सो कार्यक्रममा उल्लेख्यरुपमा सुरक्षाकर्मी परिचालन भएपनि प्रहरीले कुनै हस्तक्षेप भने गरेन।

    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, जिल्ला सदस्य रविन्द्र प्रधान, भक्तपुर नगरसभापति राम अवाल, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, बागमति प्रदेशसभा सदस्यहरु रजनी जोन्छें, कृष्णलाल भँडेल सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रका तर्फबाट इन्चार्ज दिलिपकुमार प्रजापति,पूर्व इन्चार्ज देवेन्द्र श्रेष्ठ, अध्यक्ष डि पि ढकाल, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नगर इन्चार्ज सुनिल बासु लगायत सहभागी भएका थिए । जसपाका नेता श्याम शिल्पकार, नेकपा एमालेका अध्यक्ष रजन  केसि,  रामगोपाल चगुठी, जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरी खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो।

    त्यस्तै पाँच दलिय गठबन्धनले चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित पिपलबोट चोकमा पनि रित्तो थाल, सिठी, शंख र घण्टी बजाएर विरोध प्रदर्शन गरेको झौखेलका कांग्रेस नेता धर्मराज थापाले जानकारी दिए  ।

    यसैगरी नेपाल तरुण दल भक्तपुरको नेतृत्वमा भक्तपुरको सल्लाघारी चोकमा रित्तो थाल, सिठी, शंख र घण्टी बजाएर संसद विघटनको विरोध गर्दै जुलुस प्रदर्शन गरेका थिए। जिल्ला अध्यक्ष राजु थापाको नेतृत्वमा आयोजित कार्यक्रममा करिव ३ दर्जन युवाहरुको सहभागिता रहेको थियो।

    संयुक्त गठबन्धनका कार्यकर्ताले जिल्लाका सार्वजनिक चोकहरुमा कालो झण्डा र अपिल समेत टाँसेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...