News Portal

  • भक्तपुरमा एकैदिन ४३ लाख बढी जनसहयोग जुट्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख २०७८
    ८८३ पटक
    भक्तपुर, १४ बैशाख २०७८

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको लागि जनस्तर बाट सहयोग आउने क्रम जारी छ । नगरपालिकाको आह्वान स्वीकार्दै विभिन्न संघ संस्था र दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी रहेको हो ।

    यसै क्रममा शुक्रबार मात्र पनि ठुलो धनराशीको सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ । शुक्रवार रु. ४३ लाख ४४ हजार ७ सय ९५ बराबरको आर्थिक सहयोग प्राप्त भएको नगर प्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराएकी छन् ।

    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्दै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गरिएको प्रति आभार प्रकट गरेकी छन । बिभिन्न सहकारी, संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उनले नगरपालिकाका केही प्रकाशनहरु प्रदान समेत गरेकी छन् ।

    आज जम्मा भएको कोषमा ख्वप कलेज÷शारदा क्याम्पस (संस्थागत) र ख्वप कलेज÷शारदा क्याम्पस (शिक्षक÷कर्मचारी) को तर्फबाट रु. ६ लाख १० हजार, ख्वप मावि÷शारदा क्याम्पस मावि (संस्थागत) र ख्वप मावि÷शारदा क्याम्पस मावि (शिक्षक÷कर्मचारी) बाट रु. २३ लाख ९५ हजार, ब्रम्हायणी आधारभूत विद्यालय तथा शिक्षक र विद्यालय कर्मचारीबाट रु. ३४ हजार, ब्राइट स्टार ई. स्कूलबाट रु. २५ हजार सहयोग प्राप्त भएको बताइएको छ ।

    त्यस्तै सहकारी संस्थाहरुबाट आज प्राप्त सहयोगमा साथीभाई बचत तथा ऋण सहकारी संस्थाबाट रु. २५ हजार, ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्थाबाट रु. २० हजार, सिद्धि कृषि सहकारी संस्था लि. बाट रु. ३२ हजार १ सय, अभियान बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ५५ हजार ५ सय ५५, श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ ला ११ हजार १ सय ११, चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारीबाट रु. १ लाख १० हजार, सहयोग संस्थाबाट रु. ७० हजार ७ सय ७, सयपत्री बचत तथा ऋण सहकारी संस्थाबाट रु. ५५ हजार ५ सय ५५, तलेजु बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ३० हजार ३ सय, लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १ लाख १ हजार सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

    त्यस्तै व्यक्तिगत तर्फबाट रत्नप्रसाद भुजुबाट रु. ५० हजार, विजय÷सुनिता मुनंकर्मीबाट रु. ११ हजार १ सय ११, कृष्णकुमार राजचलबाट रु. ५० हजार, रत्नलाल कैटीबाट रु. ६ हजार १ सय ५, हेरामाया सुवालबाट रु. ५ हजार १ सय १, कृष्ण ग्वाछाबाट रु. २५ हजार, नारायणभक्त भेलेबाट इन्फ्रारेड थर्मोमीटर र स्ट्याण्ड १ सेट, के एन ९५ मास्क २०० पीस, सुरेश बोयजुबाट रु. १५ हजार, स्व. जानकीलाल प्रधान (मधुमैया प्रधान — लाकौल)बाट रु. २० हजार, बुद्धिबहादुर ज्याख्वबाट रु. ५ हजार पचास, प्रेमलाल ध्वोजुबाट रु. ५० हजार, राजेश मचामसीबाट रु. १५ हजार १ सय, जनक देवी राजभण्डारी÷युवक राजभण्डारीबाट रु. १ लाख १ हजार, स्वयम्भुराज किलम्बु, पुष्पलाल सुजखुबाट रु. १० हजार, तुल्सीराम ग्वाछाबाट रु. १० हजार १ सय ५, विष्णुनारायण ग्वाछाबाट रु. ५५ हजार ५ सय ५५, नारायणप्रसाद कवांबाट रु. ५५ हजार ५ सय ५५, चन्द्रकेशरी प्रधाना· (छोरा रविन्द्र प्रधाना·मार्फत) रु. ५० हजार, न्हुछेरत्न खाइतुबाट रु. ५० हजार ५ सय ५ सहयोग प्राप्त भयो ।

    त्यस्तै ज्ञानकुञ्ज टोल सुधार समितिबाट रु. ५३ हजार ७ सय २५, अजिमा अटो वर्कसपबाट रु. १५ हजार, द लास्ट फ्राइडेको तर्फबाट रु. १५ हजार ५ सय ५५ आर्थिक सहयोग प्राप्त भएको जानकारी प्राप्त भएको छ ।

    आगामी दिनमा पनि भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...