News Portal

  • पत्रकारको उपचारमा शुल्क नलाग्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८
    १०५३ पटक
    भक्तपुर, १५ जेठ २०७८

    सरकारले पत्रकारको उपचारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ । सरकारी अस्पतालमा पत्रकारलाई शुल्क नलाग्ने भएको हो ।

    अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइएको घोषणा गरेका हुन् । नेपाल पत्रकार महासङ्घको सदस्य रहेका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्नेगरी बजेटमा व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले प्रष्ट पारे ।

    श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरीने र त्यसको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने समेत बताइएको छ ।त्यस्तै पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ ।

    त्यस्तै लोककल्याणकारी बिज्ञापन बापतको रकमबाट १० प्रतिशत पत्रकार कल्याण कोषमा जम्मा गर्ने र निजि क्षेत्रलाई पनि उनीहरुको कुल बिज्ञापन खर्चको १० प्रतिशत यस कोषमा राख्न प्रोत्साहित गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...