News Portal

  • नयाँ बजेटमा भक्तपुर

    अनिल फोजू / भक्तपुर पोस्टभक्तपुर १५ जेठ २०७८ शनिबार
    १५१३ पटक
    भक्तपुर १५ जेठ २०७८ शनिबार

    सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८- ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

    बजेटमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    बजेटमा भक्तपुर
    १. घलेलु हिंसामा परेका बेवारी महिलाहरुलाई संरक्षण गर्न भक्तपुरको सुर्यविनायकमा मंगला साहना पुर्नस्थापना केन्द्र निर्णाण गरिने,

    २. भक्तपुर जिल्लामा सरकारीस्तरबाट बालसुधार गृह संन्चालन गरिने ,

    ३. भक्तपुरको सुर्यविनायकमा निर्माणधिन राष्ट्रिय प्राणी उद्याको निर्माण कार्य सम्पन्न गरिने ,

    ४. भक्तपुरमा मेलम्चीको पानी विवरणका लागि पाइपलाइन वितरण गरिने ,

    ५. सल्लाघारीको ढल प्रशोधन केन्द्र संन्चालनमा ल्याउने ,

    ६.वीर अस्पतालको विस्तारित सेवा सञ्‍चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्‍ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माण गरिनेछ।  भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्‍चालनमा ल्याइनेछ ,

    ७. व्यवस्थित आवासको लागि एकीकृत जग्गा विकास कार्यक्रम सञ्‍चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्न चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमीलाई स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरी सार्वजनिक निजी साझेदारीमा नयाँ शहर निर्माण कार्य अगाडि बढाइनेछ,

    ८.वृहत काठमाडौं अबधारण अन्तर्गत ताथली नाला सुरुङ्ग मार्ग सम्भाव्यता अध्ययन गरिने छ ।

    साथै योसंगै
    १ भत्तपुर सहित काठमाडौं उपत्यकाका नजिकका सम्भाव्य स्थानमा पद मार्ग ,हाइकिङ्ग ,एवं साइक्लिङ्ुग ट्रेल निर्माण गरिने,

    २. भक्तपुर सहित काठमाडौं उपत्यकाको ३० स्थानमा दुङ्गेधारा,इनार पोखरी लगायत परम्परागत पानीको मुल संरक्षण गरिने,

    ३. भक्तपुर लगायत काठमाडौंको उपत्काको नदी वरपर हराभरा गर्ने,

    ४. भक्तपुर लगायत काठकाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिने,

    ५. काठमाडौं उपत्यका क्षेत्रमा अन्तराष्ट्रिय प्रर्दशनी केन्द्र निर्माण गरिने छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...