News Portal

  • भक्तपुरमा १६ हजारले लिए चाइनिज खोपको दुवै मात्रा : नपाएकालाई छिट्टै पहिलो डोज दिइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ जेठ २०७८
    १५४८ पटक
    chinese vaccine in bhaktapurभक्तपुर, १८ जेठ २०७८

    भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । गत जेठ ५ गतेबाट दिन शुरु गरिएको खोपको दोस्रो मात्रा १६ हजार ५२ जनालाई दिइसकिएको हो ।

    भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत बैशाख ४ गतेबाट बैशाख १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले बताए ।

    ‘जेठ ५ देखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको हो ।’ डा. लासिवाले भने, ‘जेठ १८ र १९ गते चाहिँ यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा नं. १० कार्यालय भवन पछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौं ।’

    वडागत रुपमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनेमा सबैभन्दा बढी वडा नम्बर ९ मा २ हजार १८ जनाले लगाएका छन् भने सबैभन्दा कम वडा नम्बर ३ मा ८ सय ४९ जनाले लगाएका जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

    डा. लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उनीहरुको लागि अलग्ग बन्दोबस्त गरिने समेत बताए । त्यस्तै यसअघि भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी महानुभावहरुलाई दोस्रो मात्रा खोपको सूचना नआएकोले केही समय धैर्य गर्न आग्रह पनि गरे ।

    नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिसिल्डको दोस्रो मात्रा २ हजार ४३९ जनालाई दिइसकेको जनस्वास्थ्य स्रोतले जनाएको छ । भक्तपुर नगरवासीसंगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाहरुले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र उहाँहरुमध्ये अधिकांशले आप्mनो नजिक परेको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा. लासिवाको भनाइ थियो । खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उनले जोड दिएका छन् ।

    भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी नै छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् । खोप लगाउन नपाएका सबैले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वेभसाइट गई अनलाइन माध्यमबाट फाराम भर्न सार्वजनिक आह्वान गरिएको छ । फाराम भर्नेहरुलाई खोपको पहिलो मात्रा दिने सम्बन्धमा छिटै नै अर्को सूचना प्रकाशित हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...