News Portal

  • प्रधानमन्त्री ओलीले बिर्सिए बचन : भक्तपुरमाथि धोका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०७८
    २०१५ पटक
    भक्तपुर, २७ जेठ २०७८

    प्रधानमन्त्री केपी शर्मा ओलीले फेरिपनि मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओली सरकारको सम्भवत अन्तिम मन्त्रीमण्डलमा पनि उनका विश्वासपात्र भनिएका भक्तपुरका नेता महेश बस्नेतलाई बाहिरै पारिएको छ ।

    सांसद नहुँदा उद्योग मन्त्री बनेका बस्नेतले यसपाली भने निर्वाचित सांसद भएर पनि मन्त्री पद पाएनन् । प्रधानमन्त्री ओलीले पटकपटक मन्त्रीपरिषद पुनर्गठन गरी इतिहास बनाए तर नेता बस्नेत उनको आखाँमा पर्न सकेनन । संसद बिघटन भएपछि बस्नेतको पनि सांसद पद गएको र बल्ल उनको मन्त्री बन्ने योग आएको भनी उनका विरोधीले व्यंग्य समेत गरेका थिए । तर, यसपटक पनि उनी मन्त्री नबनेपछि सामाजिक संजालमा उनलाई मन नपराउनेहरुले खुशीयाली नै मनाएको देखिन्छ ।

    विपक्षी पार्टीका मात्र होइन, उनको आफ्नै पार्टी र ओली गुटकै केहि नेताकार्यकर्ताहरुले पनि घरगृहस्ती चलाउन नसक्ने भएको भन्दै उनको खिल्ली उडाएका छन् ।

    खासमा नेता बस्नेत गृह मन्त्री हुनुपर्ने भन्दै उनका समर्थकहरुले आवाज उठाएका थिए । सामाजिक संजालमा देशव्यापी रुपमै युवाहरुको समर्थन उनको पक्षमा देखिएको थियो । उनी निकट श्रोतका अनुसार गृह नभएपनि संचार वा अन्य कुनै एक मन्त्रीमा बस्नेतको नाम आउने आस्वासन मिलेको थियो । तर, राष्ट्रिय राजनीतिको खेलाडीका रुपमा उदाउन खोजेका नेता बस्नेत पार्टीको आफ्नै गुट भित्र पनि प्रभावशाली बन्न नसकेको पुष्टि भएको छ ।

    यद्यपी नेता बस्नेतले आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले नबनेको बताएका छन् । तर, पटक पटकको बिश्वास्घातले उनको मन कुडिएको देखिन्छ । उनले आफ्नै पार्टीका सहयोद्धाहरु आफूलाई मन्त्री बनाउनै नहुने भन्ने अभियानमा ब्यापक लाग्ने गरेका खुलासा समेत गरेका छन् । ”मेरो सफलतामा कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन ।” उनले सामाजिक संजालबाटै उक्तकुरा सार्वजनिक गरे ।

    आफना सहयोद्धाहरु कोही मन्त्री बनाउने पक्षमा र कोही बनाउनै हुदैन भन्ने पक्षमा लागेका उनले बताए । यसरी हेर्दा उनका पक्षका भन्दा विपक्षका मानिसहरु बलिया सावित भएका छन् । कुनैबेला अध्यक्ष ओलीको अति विश्वासपात्र भित्र पर्ने नेता बस्नेत यतिबेला निरिह देखिएका छन् ।

    त्यतिमात्र होइन, भक्तपुरको चुनावी अभियानमा मतदातासामू बस्नेतलाई जिताए मन्त्री बनाइदिने सार्वजनिक बचन दिएका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएपछि भने उक्त बचन बिर्सिएर धोका दिएका छन् । महेश बस्नेत मन्त्री नबन्नुमा जति उनका पार्टी भित्रकै विरोधीहरुको हात छ, त्यो भन्दा बढी प्रधानमन्त्री ओलीको उदासिनता कारक रहेको मान्न सकिन्छ । बचन दिएर पनि महेश बस्नेतलाई मन्त्री नबनाउनु भनेको बस्नेत माथिको अविश्वास र उपेक्षा मात्र होइन, भक्तपुरका मतदाता माथिको धोका पनि हो ।

    कतिपय मिडियाले आफ्नो नाम जोडेर मन्त्री नबनेपछि आक्रोसमा रहेको र गुट फेर्ने सोचमा रहेको जस्ता समाचार लेखिरहेका र त्यो सत्य नभएको भन्दै नेता बस्नेतले आफू अझैँ ओलीकै पक्षमा रहेको प्रष्ट पारेका छन् । पद नपाउदा बिचलनमा आउने आफू अवसरवादी चरित्रको नभएको र पटकपटक अग्नि परिक्षामा होमिन तयार रहेको नेता बस्नेतले बताएका छन् । तर, भक्तपुरकै बालकोटमा बासस्थान बनाएका प्रधानमन्त्री ओलीले बालुवाटारबाट फर्केपछि भक्तपुरमा बस्नेतका मतदातालाई उत्तर के देलान् त्यो सुन्न बाँकी नै छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...