News Portal

  • भक्तपुरमा ‘सेवा परमो धर्म’ अभियान : ७ प्रकारका सेवा लिन सम्पर्क गर्नुहोस्

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ जेठ
    १४९१ पटक
    भक्तपुर, २९ जेठ

    भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गरिरहेका हुन् ।अभियानका लागि भक्तपुरका सबै लायन्स क्लवहरुलाई संयोजन गरी ‘भक्तपुर लायन्स सेवा समन्वय समिति’ गठन गरेको समितिका संयोजक विष्णुभक्त मारिखुले बताए ।

    महामारीका कारण उत्पन्न समस्या समाधानमा सरकारको एकल प्रयासले मात्र पर्याप्त नभएको भन्दै आफूहरुले अभियान चलाएको भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धरले बताएका छन् । अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन गरी सोही समिति मार्फत विभिन्न निःशुल्क सेवा सञ्चालन गरिएका बताइएको छ ।

    अभियान अन्तर्गत २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, निशुल्क डाक्टरी परामर्स, आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेण्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना, अक्सिजन सहजीकरण,माईकिङ लगायतका कार्यक्रम रहेका छन् ।अभियान अन्तर्गत नै भक्तपुर नगरपालिकाबाट निर्माणाधिन अक्सिजन प्लान्टका लागि रु. ३ लाख आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

         यस्ता छन् अभियानका कार्यक्रम : यसरी प्राप्त गर्न सकिन्छ सेवा

    १. आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन
    चाँगुनारायण नगरपालिका ४ स्थित नेपाल इन्जिनियरिड्ड कलेजमा नगरपालिकाले सञ्चालन गरेको ५० शैयाको आईसोलेसनमा बस्नेहरुका लागि निःशुल्क रुपमा दिनको ४ पटक गरी खाजा खानाको व्यवस्था यस अभियान अन्तर्गत भईरहेको बताइएको छ । साथै, अक्सिजनको सुविधा सहित दिनको एक पटक स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत उपलब्ध गराउने कार्य भईरहेको भनिएको छ ।

    हालसम्म उक्त आईसोलेसनबाट २२ जना विरामीहरु लाभान्वित भई घर फर्किसकेका छन् भने हाल ७ जना विरामीले उक्त स्थानबाट लाभ लिईरहेका छन् । आईसोलेसनमा बसेका मध्ये एक जनाको उपचारका लागि अन्यत्रै अस्पतालमा पठाउने कार्य भएको छ । उक्त आइसोलेसनमा हालको शैया संख्या नपुग भई थप गरेको अवस्थामा समेत जति संख्यालाई भए पनि निःशुल्क खानाको व्यवस्था गर्न अभियान तत्पर रहेको अभियन्ताहरुले प्रतिवद्धता प्रकट गरेका छन् ।

    उक्त आइसोलेसनमा निःशुल्क खानाको व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहेका छन् । सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ मनोहर खनाल : इन्चार्ज एवं प्रतिनिधि नेपाल इन्जिनियरिङ्ग कलेज । सम्पर्क नम्बर ९८५१०७४९५५

    २ राम गोपाल सुवाल : संयोजक एवं कार्यसमिति सदस्य भक्तपुर चेम्बर अफ कमर्श । सम्पर्क नम्बर ९८५११७२५३५

    ३ गोकूल प्रसाद प्रजापति : सह संयोजक एवं कोषाध्यक्ष भक्तपुर लायन्स सेवा समन्वय समिति र ऋगिकतभच छ का ऋजबष्चउभचकयल । सम्पर्क नम्बर ९८५१०२१५४०

    ४ विरेन्द्र काजी प्रधानाङ्ग : सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर । सम्पर्क नम्बर ९८५१०७१३३६

    ५ हरि प्रसाद कोजू : सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ । सम्पर्क नम्बर ९८५१०९४१७२

    २. स्वास्थ्य कर्मीका लागि क्वारेण्टाइन सञ्चालन
    अभियान अन्तर्गत विभिन्न अस्पताल एवं हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु जो कोभिड १९ का विरामीको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छन् त्यस्ता स्वास्थ्यकर्मीहरुका लागि सिबिआर भवन इन्दायणी पिठ भक्तपुरमा क्वारेण्टाइन संचालन गरिएको छ । क्वारेण्टाइनमा बस्नेहरुको स्वास्थ्य स्थिति परिक्षण सम्बन्धमा डाक्टरस सोसाइटीको तर्फबाट प्रत्यक्ष रुपमा निगरानी गर्दै आईएको छ । । उक्त क्वारेण्टाइनमा बसेर ४ जना स्वास्थ्यकर्मी फर्किसकेको छन भने हाल ८ जना स्वास्थ्यकर्मीले बसिरहेका बताइएको छ ।

    क्वारेण्टाइनमा दैनिक खाजा खाना बसाई लगायतका सुविधाहरु निःशुल्क उपलब्ध छन् । स्थानका लागि सिबिर भक्तपुरको सहकार्य रहेको छ । दैनिक रुपमा खाजा खाना बनाउन कुकको व्यवस्थापनका लागि भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघले सहयोग पु¥याउ“दै आउनु भएको छ । उक्त क्वारेण्टाइनको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहेका छन्।सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ गोकूल प्रसाद प्रजापति : संयोजक एवं कोषाध्यक्ष भक्तपुर लायन्स सेवा समन्वय समिति र ऋगिकतभच छ का ऋजबष्चउभचकयल ९८५१०२१५४०

    २ राधे सुन्दर सैजू : सहसंयोजक एवं कार्यसमिति सदस्य भक्तपुर चेम्बर अफ कमर्श । मो. ९८५१०९६४९५

    ३ हरि प्रसाद कोजू : सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ । मो ९८५१०९४१७२

    ४  पुण्य राम खर्बुजा : सदस्य एवं प्रतिनिधि भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१

    ५  सुरेन्द्र श्रेष्ठ : सदस्य एवं सचिव भक्तपुर चेम्बर अफ कमर्श तथा जिल्ला प्याब्सन भक्तपुर वरिष्ठ उपाध्यक्ष ९८५१०७३१२८

    ६  सूर्य भक्त श्रेष्ठ : सदस्य एवं प्रतिनिधि सिबिआर भक्तपुर ९८५१०२१५४०

    ७ माधव प्रसाद प्रजापति : सदस्य एवं प्रतिनिधि भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ ९८४१४९५०५४

    ३. जुम प्रविधिबाट सचेतना अभियान
    लकडाउनको अवस्थामा घरमै बसिरहेका सर्वसाधारणलाई कोभिड् १९ बाट हुन सक्ने जोखिमबारे सुसुचित गराउने उद्देश्यले हालसम्म ४ वटा सचेतना अभियान सञ्चालन भईसकेको छ ः
    १. कोभिडबाट सुरक्षा र सजगता – डा कञ्चन दाहाल, मनोचिकित्सक
    २. घरमै कोभिड १९ लाई कसरी म्यानेजमेण्ट गर्ने – डा सञ्जय श्रेष्ठ, वरिष्ठ कार्डियोलोजिष्ट
    ३ कोभिड १९ः आयुर्वेद र घरेलु उपचार – डा. रेणु खायमली, सहायक प्रोफेसर, आर्युवेद अस्पताल
    ४. कोभिड १९ र बच्चाहरुको सुरक्षा – डा गणेन्द्र भक्त राय, बालरोग विशेषज्ञ
    उक्त सचेतना अभियानका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहेका छन् ।सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ सुरेन्द्र श्रेष्ठ संयोजक एवं सचिव भक्तपुर चेम्बर अफ कमर्श तथा जिल्ला प्याब्सन भक्तपुर वरिष्ठ उपाध्यक्ष ९८५१०७३१२८

    २ पुण्य राम खर्बुजा सदस्य एवं अध्यक्ष भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१

    ३ हरि प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२

    ४ विरेन्द्र काजी प्रधानांग सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर ९८५१०७१३३६

    ४. निःशुल्क डाक्टर परामर्श सेवा
    घर घरमा बसी स्वास्थ्यलाभ लिईरहनु भएका कोभिड १९ का विरामीहरुलाई फोन सम्पर्क मार्फत निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरु मार्फत परामर्श सेवा उपलब्ध गराउदै आएको बताइएको छ । स्वास्थ्य परामर्श लिन चाहनुहुनेहरुका लागि हटलाइन नम्बरहरु ९७४२८८२९६२÷६३÷६४ को समेत व्यवस्था गरिएको छ । उक्त परामर्श सेवाका लागि भक्तपुर डाक्टरस् सोसाइटीका डाक्टरहरुबाट योगदान हुंदै आएको छ ।

    उक्त परामर्श सेवाको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहएका छन् ः

    १ विरेन्द्र प्रधानांग संयोजक एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर ९८५१०७१३३६
    २ हरि प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२
    ३  पुण्य राम खर्बुजा सदस्य एवं अध्यक्ष भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१
    ४  सरोज सुवाल सदस्य एवं कोषाध्यक्ष भक्तपुर डाक्टरस् सोसाइटी ९८४१२७१७६५

    ५. अक्सिजन सहजिकरण
    अक्सिजनको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्य सहित ४० लिटरका अक्सिजन सहितको सिलिण्डर प्रत्येकलाई ५ वटाको दरले क्रमश भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका अन्तर्गत सञ्चालित नेपाल कोरिया अस्पताललाई सहयोग हस्तान्तरण गरिेको छ ।

    साथै विभिन्न दाताहरुबाट व्यक्तिगत रुपमा विभिन्न स्थानमा सहयोग प्रदान गर्नका लागि थप ३४ वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन र विभिन्न निकायहरुमा हस्तान्तरण गराउनका लागि समेत सहजिकरण गरिएको छ । यसैगरी अक्सिजनको चरम अभाव भएको समयमा विभिन्न स्थानहरुबाट करिब १०० वटा खाली अक्सिजन सिलिण्डर संकलन गरी अक्सिजन भर्ने र सम्बन्धितसम्म पु¥याउने कार्यमा पनि अभियानबाट सहजिकरण भएको छ ।

    अक्सिजन सहजिकरणका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिएको छ ।सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ रोशन भोयद्यो मुख्य संयोजक एवं कार्यसमिति सदस्य नेपाल चेम्बर अफ कमर्श तथा सभापति भौतिक पूर्वाधार विकास ÷ अध्यक्ष ः त्रिनेत्र साकोस ९८५१०६४५०९

    २ न्हुछे मानन्धर मुख्य सहसंयोजक एवं अध्यक्ष भक्तपुर चेम्बर अफ कमर्श ९८५१०६७७३०

    ६. निःशुल्क २४ घण्टा एम्बुलेन्स सेवा
    विशेषगरी कोभिड १९ का विरामीहरुलाई सहजरुपमा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । एम्बुलेन्स भक्तपुर अस्पताल प्रांगणमा बस्ने गरेको छ भने सहज सम्पर्कका लागि हटलाईन नम्बर ९८६१७५६४६१ को समेत व्यवस्था गरिएको छ । हाल उक्त एम्बुलेन्सले उपत्यका भरीका विरामीहरुका लागि सेवा पु¥याउ“दै आएको बताइएको छ ।
    एम्बुलेन्स सेवाको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहेका छन् ।सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ रंजित मारिखु संयोजक एवं लायन्स डिष्ट्रिक घद्दछ ब्द्दका च्भकष्यल ऋजबष्चउभचकयल तथा भक्तपुर लायन्स सेवा समन्वय समिति सदस्य ९८५११३६५४१

    २ चन्द्र श्रेष्ठ सदस्य एवं सह कोषाध्यक्ष भक्तपुर चेम्बर अफ कमर्श ९८५१०७०३५०

    ७. जनचेतनाका लागि माइकिङ्ग

    कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावधानी लगायत सरकारले लागू गरेको लकडाउनको पूर्ण परिपालनाका लागि जनचेतना अभिवृद्धि गराउने र अभियान अन्तर्गत सञ्चालित विभिन्न गतिविधिहरुको प्रचार प्रसार गर्ने उद्देश्यले नियमितरुपमा माइकिंग गर्ने कार्य भईरहेको छ । माइकिङ्ग सहितको गाडि प्रत्येक दिन भक्तपुर जिल्ला भरि घुम्ने गरेको छ ।

    माइकिङ्गको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहेका छन् । सेवा लिन सम्पर्क गर्नुहोस् ।

    १ रंजित मारिखु संयोजक एवं लायन्स डिष्ट्रिक घद्दछ ब्द्दका च्भकष्यल ऋजबष्चउभचकयल तथा समन्वय समिति सदस्य ९८५११३६५४१
    २ विरेन्द्र प्रधानांग सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर ९८५१०७१३३६
    ३ विजय हाछेथु सदस्य एवं भक्तपुर लायन्स सेवा समन्वय समिति सदस्य ९८५१२११६३४

    यस संयुक्त अभियानलाई सार्थक बनाउनका लागि दुवै संयोजक संस्थाका प्रतिनिधि रहने गरी एक संयुक्त विपद कोष समेत खडा गरिएको छ । उक्त कोष सञ्चालनका लागि निम्नानुसारको समिति गठन भएको छ ः
    १ कवि दास श्रेष्ठ संयोजक एवं उपाध्यक्ष, भक्तपुर चेम्बर अफ कमर्श ९८५१०३५८७०
    २ गोकूल प्रसाद प्रजापति सह संयोजक एवं कोषाध्यक्ष, भक्तपुर लायन्स सेवा समन्वय समिति तथा ऋगिकतभच छ का ऋजबष्चउभचकयल ९८५१०२१५४०
    ३ प्रमोद श्रेष्ठ सदस्य एवं कोषाध्यक्ष, भक्तपुर चेम्बर अफ कमर्श ९८५१११४४००

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...