News Portal

  • भक्तपुरको नगर अस्पताललाई चीनको शान्नान शहरबाट १ करोड बढीको सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०७८
    १००१ पटक
    भक्तपुर, ३० जेठ २०७८

    मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो ।

    प्राप्त सहयोग उपकरणहरूमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १०० वटा र आईसीयु बेड ५० वटा रहेको नगरप्रमुख सुनिल प्रजापतिले जनाएका छन् । प्रमुख प्रजापतिका अनुसार उक्त सहयोग चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली रुपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँको रहेको छ ।

    तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरू हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ । आफ्नै देशको सरकारले आफूहरुलाई महामारीको अवस्थामा समेत विभेद गरी सहयोग नगरेको अवस्थामा छिमेकी मित्रराष्ट्र चीनको जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित भक्तपुरको भगिनी शहर शान्नान बाट सहयोग प्राप्त भएकोमा उनले खुशी व्यक्त गर्दै त्यहाँको सरकार र जनताप्रति आभार समेत प्रकट गरेका छन् ।

    बि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । यस क्रममा दुई सहरबीच पटक पटक अनुभव र सहयोग आदानप्रदान हुँदै आएको छ । भक्तपुर नगरपालिकाका प्रतिनिधिहरूले एक पटक शान्नान सहरको भ्रमण गरिसकेका छन् भने शान्नान सहरबाट पनि भक्तपुर नगरको भ्रमण भएको छ ।

    भक्तपुर नगरपालिकाको भगिनी सहर शान्नान सहरबाट वर्तमान विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको दोस्रो लहरबाट नेपालमा तीव्र गतिमा संक्रमण बढेसँगै चिन्ता व्यक्त गर्दै भक्तपुरमा यस रोगको प्रभावबारे चासो लिई शान्नान नगरपालिकाबाट पत्राचार भएको थियो । सोही क्रममा भक्तपुर नपाले भक्तपुरमा पनि संक्रमण दर तीव्र रुपमा बढिरहेको र संक्रमितहरूको उपचारमा अक्सिजनको अभाव रहेको, भेन्टिलेटर र अक्सिजन सिलिण्डर व्यवस्था गर्न सकिए कोभिड १९ रोग रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने जानकारी गराएको थियो ।

    एउटा असल मित्रको उदाहरण प्रस्तुत गर्दै भगिनी शहर शान्नानले भक्तपुर नपालाई गरेको सहयोगले आपसी मित्रता र सम्बन्ध जनस्तरमा जोडिएको नगर प्रमुख प्रजापतिले बताए । प्राप्त सहयोगको सहि सदुपयोग गर्दै नगर अस्पतालबाट अधिकत्तम जनतालाई स्वास्थ्य सेवा दिइने उनले बताए ।

    सम्पूर्ण जनप्रतिनिधि नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित एकमात्र नगरपालिका भक्तपुर नगरपालिकालाई संघीय सरकारले सहयोग नगरेपछि अस्पताल संचालनका लागि नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय नजतासंग सहयोगका लागि अपिल गरेका थिए । अक्सिजन प्लान्टका लागि जिल्लाका अन्य ३ अस्पताललाई संघीय सरकारले बजेटको व्यवस्था गरेपनि भक्तपुर नगरपालिकालाई कुनै बजेट नदिएपछि स्थानीय जनताले नै पांच करोड बढी सहयोग प्रदान गरिसकेका छन् ।

    भक्तपुर नपाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडीयुसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको छ भने जनतासँग सहयोग संकलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरू चीनको छेन्दुबाट ल्याइ जडान समेत गरिएको जानकारी दिंदै नगरप्रमुख प्रजापतिले अक्सिजन प्लान्टको परीक्षण इत्पादन शुरु भएको जानकारी दिए । नगर प्रमुख प्रजापतिले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार उक्त प्लान्टको अक्सिजन उत्पादन क्षमता दैनिक १२० सिलिन्डर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...