News Portal

  • जसले चितुवासँग लडेर छोरी बचाईन्

    तनहुँ, ३१ जेठ २०७८
    ११५९ पटक
    तनहुँ, ३१ जेठ २०७८

    सन्तानका लागि ‘‘अरुको लाखभन्दा आमाको काख प्यारो हुन्छ’’ भन्ने नेपालीमा एउटा भनाइ जस्तै तनहुँकी एक बालिका आमाको काखमा भएकाले मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएकी छन् ।

    घरभित्रै पसेर काखैबाट नरभक्षी चितुवाले आक्रमण गरी बालिका लगेपनि आमाको साहसिक कदमले गर्दा व्यास नगरपालिका–१२ पालिङ,देउरालीकी साढे दुई वर्षकी बालिका अनुष्का परियारको ज्यान बचेको हो । बालिकाको आमा मधु परियारले चितुवासँग लडेर छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी हुन् । आइतबार साँझ घरभित्र बीचमा बसेर खाना खाईरहेकै बेला छोरीलाई आक्रमण गरी घिसारेर चार कान्लामुनी करिब ३० मिटर तल मिटर पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । आमाको साहसिक कदम र स्थानीयको मद्दत गर्दा बालिकाको जीवन बचाउन सकिएको स्थानीय बासिन्दाले बताएका छन् । मधुसँग चितुवको भिडन्त भइरहेको बेला घर माथीका कुमार गुरुङले चितुवाले लगेको बाटोलाई छेकेर काट्दै चितुवा भएको ठाउँमा पुगेपछि बच्चा छोडेर भागेको स्थानीय बासिन्दा तथा साविक घाँसीकुवा गाविसका अध्यक्ष श्यामकृष्ण लोहोनीले जानकारी दिए ।

    साँझ परेकोले घरभित्र बसेर बीचमा छोरीलाई राखेर खाना पस्किदै थिएँ खानातिर हात बढाउँदा चितुवाले आक्रमण गरेर लगेको हिक्मत गरेर गुहार माग्दै पछिपछि लागेर चितुवाको मुखबाट खोसेर ल्याएको मधुले बताइन । बाँदरै लड्ने जस्तो भिरालो ठाउँमा दौडिदै, कान्लाबाट हामफाल्दै छोरीलाई चितुवाको मुखबाट तानेर बचाएको प्रत्यक्षदर्शी सुनसरी गुरुङले बताउनुभयो । ‘‘आमा पछि नलागेको भए बच्चालाई चितुवाले मार्ने थियो साहसिक कार्य देखेर गाउँवासी चकित परेको सो ठाउँ निवासी शारदा कौड्यालले बताउनुभयो । चितुवाको आक्रमणमा परी घाइते अनुष्काको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ । चितुवाले बालिकाको चिउँडोमा दुई वटा, घाँटी नजिक एक स्थानमा नङ्ग्रा गाडेर घाइते बनाएको उपचारमा सलग्न दमौली अस्पतालकी अहेब रामकला पन्थले बताउनुभयो । उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको अहेब रामकलाले जानकारी दिनुभयो । आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको कपडा समात्न भ्याएकाले बचाउन सकिएको मधुले बताउनुभयो । ‘‘ठूलो कान्ला र भिरालो ठाउँ भएकाले पहिला हिँड्न नसक्ने स्थानमा हामफाल्दै चितुवासँग जुधेर छोरीलाई बचाउन सके आफ्नो ज्यानभन्दा छोरीको ज्यान ठूलो ठानेर बचाउन सफल भएँ’’ मधुले गोरखापत्रसँग भन्नुभयो । छोरीलाई समातेर तान्दै गर्दा आफूसमेत आक्रमणमा पर्न लागेकाे र कुमार पनि चितुवातिर जाइलाग्न आएपछि चितुवा भागेको उनले बताइन ।

    चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा गरी साढे दुई वर्षको अवधिमा १० जना बालबालिकाको मृत्यु भइसकेकाले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था रहेकोले स्थानीयले साहशी आमाको प्रशंसा गरेका छन् । ‘‘आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौ’’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले भने । चितुवासँग लड्ने आमा सामान्य घाइते भएकी छन् ।

    गोरखापत्रका लागि तनहुँ संवाददाता अमरराज नहकीको रिपोर्ट साभार गरिएको

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...