News Portal

  • भक्तपुरका स्वरोजगारमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि पहल गरिदिन आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असार २०७८
    ६२२ पटक
    भक्तपुर, १ असार २०७८

    भक्तपुरका स्वरोजगारमूलक साप्ताहिक, मासिक र दैनिक पत्रिकाका प्रकाशकहरुले साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेको बताउदै उनीहरुले समस्या समाधानमा पहल गरिदिन नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई आग्रह गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको कार्यालयमा मंगलवार आयोजित छलफलमा सहभागी प्रकाशकहरुले निषेधाज्ञाले साना लगानीका स्वरोजभक्तपुरमूलक पत्रपत्रिका प्रभावित बनेको र यसले गम्भिर आर्थिक संकट निम्त्याएको निष्कर्ष सहित समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन र सहुलियतपूर्ण कर्जाको व्यवस्थाको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे ।

    छलफलमा धरहरा टाईम्स साप्ताहिकका प्रकाशक सम्पादक रमेश खड्काले लकडाउन र निषेधाज्ञाले पत्रिका छपाई र वितरणमा समस्या आएको र प्रकाशित विज्ञापनको शुल्क समेत उठ्न नसक्दा पत्रिकाले आर्थिक संकट व्यहोर्नु परेको बताए । खड्का महासंघ भक्तपुरका संस्थापक अध्यक्ष समेत हुन् । उनले पत्रपत्रिका संरक्षणका लागि महासंघले विशेष ध्यानदिनुपर्नेमा जोड दिए ।

    दवाब साप्ताहिकका प्रकाशक/ सम्पादक एवम् महासंघ उपत्यका प्रदेश समितिका सचिव अमर भुजुले बजार बन्द हुँदा पनि पत्रिका छपाई र वितरण गरी जनताको सुचनाको हकको लागि आफूहरु क्रियाशील रहेको तर, सरकारले मूल्यांकन नगरेकोप्रति दुख व्यक्त गरे ।

    उक्त अवसरमा ङातापोल एक्सप्रेस दैनिकका प्रकाशक विश्वराम दुवालले कागजको अभावले मूल्यबृद्धि भएको, बढी तौलको कागज प्रयोग गर्नुपरेको र छपाई मजदुरलाई अतिरिक्त पारिश्रमिक दिनुपर्दा आर्थिक भार बृद्धि भएको बताए ।

    त्यसैगरी हाम्रो समाज साप्ताहिकका प्रकाशक सम्पादक मणिराम लामिछानेले साना लगानीका पत्रपत्रिकाको संरक्षणका लागि महासंघले बैंक तथा वित्तिय संस्था, सरकारी निकाय र स्थानीय तहमा हुने ‘संचार खर्च’ शिर्षकको बजेट सदुपयोग भए नभएको अनुगमन गरी स्थानीय पत्रिकाको लागि समानुपातिक विज्ञापन उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याए । उनले केही समयदेखी नियमित विद्युत आपुर्तीमा अवरोध आएको र यसले पत्रिकाको कार्य सम्पादन गर्न तथा छपाईमा समस्या आएको बताउदै सम्भावित लोडसेडिंग बिरुद्ध सचेत बन्नुपर्ने पनि बताए ।

    छलफलमा नुवागी मासिककी प्रकाशक सम्पादक मतिना त्वानावासु मतिनाले आफैं कोभिड संक्रमित हुँदा पत्रिका नै बन्द गर्नुपरेको समस्या सुनाइन् । मतिनाले आफ्नो पत्रिका शिक्षा बीटको भएकोले विद्यालय बन्द हुँदा पत्रिका संचालन गर्न नसकिएको गुनासो गरिन । उनले विज्ञापन संकलनमा आफैंबीचको अस्वस्थ प्रतिष्पर्धाले पनि साना लगानीका पत्रपत्रिकालाई विज्ञापनदाताले विश्वास गर्न नसकेको बताएकी थिइन् ।

    त्रिपुरा न्यूजका प्रकाशक विकास थापा ‘प्रहर’ले कामदार नपाउँदा प्रेस नै बन्द भएको र त्यसले गर्दा पत्रिका नियमित प्रकाशन गर्न नसकिएको जानकारी गराए ।

    महासंघ जिल्ला सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले साना लगानीका पत्रपत्रिका सबैका समस्या समान र साझा देखिएको भन्दै सबैले स्वस्थ प्रतिष्पर्धा गरी समस्या समाधानका लागि सामूहिक प्रयास गर्नुपर्ने र महासंघ आवस्यक सहयोगका लागि सदैव तयार रहेको बताए ।

    महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले साना लगानीका पत्रपत्रिकाहरुको संरक्षणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरका चारैवटा स्थानीय सरकारसंग लोककल्याणकारी विज्ञापनको व्यवस्थागरी नीतिगत रुपमै नियमितरुपमा सूचना प्रवाहको व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए । स्वरोजगारमूलक पत्रपत्रिकाले धेरैलाई रोजगारीको सिर्जना गरेको र समाजलाई सुसुचित गर्ने कार्य गरिरहेको भन्दै अध्यक्ष प्रजापतिले स्थानीय सरकार र बजारले यसप्रति अपनत्व राख्नुपर्ने र त्यसका लागि महासंघले आवस्यक पहल गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...