News Portal

  • गाउँपालिका,प्रहरी चौकी,बैंक र होटल बगायो, स्थानीय ओडारमा

    १८५१ पटक

    लमजुङ, जेठ २ गते । हिमाली जिल्ला मनाङमा बाढीले गाउँपालिका भवन, प्रहरी चौकी, बैंक र होटल बगाएको छ । सोमबारदेखि निरन्तर परेको बर्षाका कारण धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र होटल बगाएको छ ।

    प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहिन भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार निरन्तर पानी परिहेको र मस्र्याङदी नदी बढ्दै जाँदा बाढी पसेको हो । बाढीले बुधबार गाउँपालिकाको भवन, प्रहरी चौकी, बैंकसंगै पाँच वटा होटल बगाएको उहाँले बताउनुभयो । भवन पछाडिको सबै भाग बगाएको बताउनुभएको छ । उहाँका अनुसार मस्र्याङदीमा आएको बाढीले गर्दा धारापानी बजार नै जोखिममा परेको छ । बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको प्रशासनले जनाएको छ । उक्त क्षेत्र मनाङको तल्लो भेग पर्छ ।

    प्रजिअ लामिछानेले बिजुली, टेलिफोनका पोलहरु, तारहरु, खानेपानीको पाइपहरुमा क्षति भएको बताउनुभयो । सोमबारदेखि बिजुली अवरुद्ध भएको छ । सबैको मोबाइल अफ भएको छ । धारापानी पारी रहेको थोचें स्वास्थ्य चौकी पनि जोखिममा रहेको बताउनुभयो ।

    सम्पर्क विहीन कर्मचारी कुनै सुरक्षित ठाउँमा बसेको हुन सक्ने प्रहरीले जनाएको छ । धारापानी क्षेत्रमा जोखिम बढेपछि स्थानीयहरु ओडार गाउँमा सुरक्षितका साथ बसेका छन् । नदी आसपासका सबै वस्तीहरु जोखिममा रहेको प्रहरीले जनाएको छ । गोरखापत्रका लागि बेलिना थापाको रिपोर्ट ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...