News Portal

  • प्रमुख कार्कीको पहलपछि प्रभागले पायो नयाँ भवन

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ३ असार २०७८
    २०७१ पटक
    kishordhwojभक्तपुर, ३ असार २०७८

    चाँगुनारायण ८ स्थित महानगरीय प्रहरी प्रभाग सुडालले नयाँ भवन पाएको छ । प्रभाग प्रमुख किशोरध्वज कार्कीको पहलबाट प्रभागले नयाँ भवन पाएको हो ।

    प्रभागको पुरानो भवन साँघुरो भएर बेड थप्नै नमिल्ने भएपछि स्थानीय जनताहरुको सहयोगले नयाँ भवन प्राप्त भएको प्रभाग प्रमुख कार्कीले बताएका छन् । स्थानीय जनताले भवन निर्माणमा एक समिति नै बनाएर दाताहरुको सहयोग जुटाउदै भवन तयार पारिदिएका र आफूहरुलाई हस्तान्तरण गरिदिएका प्रति प्रभागका प्रहरी दङ्ग देखिएका छन् । प्रभागमा १८ प्रहरी कार्यरत छन् ।

    स्थानीयले प्रहरीको दुख हेर्न नसकेर भवन बनाइदिएको बताए । जनताका लागि रातदिन खट्ने प्रहरीले राम्ररी आराम गर्न पनि नपाउने समस्याबारे प्रभाग प्रमुख कार्कीले गुनासो गरेपछि स्थानीयको सक्रियताले भवन निर्माण सम्पन्न गर्न सकिएको युवा व्यवसायी एवं भवन निर्माणकर्ता एकेन्द्र किवाछेँले बताए । भक्तपुर प्रहरीका काविल प्रहरी नायव निरीक्षक कार्कीको नेतृत्व क्षमताका कारण स्थानीय जनतामाझ उनी लोकप्रिय छन् । सुडाल प्रमुख हुनु अघि कटुन्जे प्रभाग प्रमुखमा रहँदा पनि उनी प्रहरी र स्थानीय जनताबीच सुमधुर सम्बन्ध बनाउन सफल भएका थिए ।

    महानगरीय प्रहरी प्रभाग सुडालले पाएको नयाँ भवनको बुधवार उद्धघाटन समेत गरिएको छ । महानगरीय प्रहरी वृत्त जगतीका प्रमुख रहेका प्रहरी नायब उपरीक्षक राजेश थापाले नव-निर्मित भवनको उद्धघाटन गरेका हुन् ।

    उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक थापाले समुदायको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने बताए । समाजमा शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि प्रहरीलाई सदैव समुदायको सहयोग आवस्यक पर्ने उनको भनाइ छ । सुडाल प्रहरीलाई समुदायले भवन बनाइदिएको प्रति आभार प्रकट गर्दै उनले यो सम्बन्ध हेर्दा भौतिक जस्तो देखिए पनि वास्तवमा आत्मीय सम्बन्ध भएको बताए ।

    उक्त अवसरमा वृत्त प्रमुख थापाले आम जनताको अपेक्षा अनुरुप समुदायमा शान्ति सुरक्षा कायम गर्न र स्थानीयलाई आवश्यक पर्दा साथीको रुपमा सेवा दिन समेत प्रहरीलाई निर्देशन दिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष परासर सापकोटा र वडा सदस्य नरेन्द्र श्रेष्ठसमेत सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...