News Portal

  • भक्तपुर नगरपालिकाको बजेट सार्वजनिक (पूर्णपाठ)

    १ अर्ब ९३ करोड २० लाखको कूल बजेट विनियोजन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असार २०७८
    ८३२ पटक
    rajani joshiभक्तपुर, ११ असार २०७८

    भक्तपुर नगरपालिकाको दशौं नगरसभाका सभाध्यक्षज्यू एवं सभासदज्यूहरू,

    आगामी आ।व। २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दशौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौं ।

     सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।

    कोरोनाका कारण जीवन गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली दिंदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं । साथै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

     स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरूले नगरबासीमाझ चुनावी घोषणापत्रमार्फत प्रतिवद्धता व्यक्त गरे अनुसार निरन्तर जनताको सेवामा लागिरहेका छौं । ऐतिहासिक एवम् विश्व सम्पदामा सूचीकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्य राखेका छौं ।

     विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणबाट नेपाल र नेपाली जनता सामाजिक, आर्थिक, राजनैतिक, मानसिक एवम् स्वास्थ्य क्षेत्रमा प्रभावित भएको एक वर्षभन्दा बढी भइसकेको छ र यसले स्वास्थ्य क्षेत्रमा चुनौती थपेको छ । संक्रमणको तेस्रो लहर आउने विज्ञहरुले संकेत दिइसकेका छन् । हामी त्यसविरुद्ध तयारीमा जुटेका छौं ।

     कोरोनाबाट जनता प्रभावित हुन थालेपछि शुरुकै समयमा भक्तपुर नगरपालिकाले ७५ शैøयाको छुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको थियो । घरमा एकान्तबास बस्न नमिल्ने नगरवासीहरूका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था र विदेशबाट आएकाहरूको लागि घर वा होटल क्वारेन्टाइनको व्यवस्था गरी जनतालाई रोग सङ्क्रमण हुनबाट बचाउने प्रयास भयो ।
     जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै दैनिक माइकिङ, टोल—टोलमा साबुन पानीले हात धुने व्यवस्था, विशेष टोलीद्वारा फोहर सङ्कलनको व्यवस्था, संक्रमितहरुको घर घरमा स्वास्थ्य सामाग्रीका किट्सहरु तथा आधारभूत औषधि पु¥याउने, आवश्यक स्वास्थ्य परामर्शको लागि चिकित्सकहरूको नाम सार्वजनिक गर्दै जनतालाई सक्दो सहजता प्रदान गर्दै आएका छौँ ।

     दोस्रो लहरको सुरुका दिनहरुमा अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारसँग अक्सिजनको व्यवस्था गर्न बारम्बार आग्रह ग¥यौँ । अक्सिजनको सहज आपूर्ति नहुने, अक्सिजनविना बिरामीहरूलाई बचाउन नसकिने, निजी र सरकारी अस्पतालमा आइसीयुको खोजीमै बिरामीको ज्यान गइरहेको स्थितिलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा जनताको सहयोगमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निष्कर्षमा पुग्यौं ।

     अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणहरू खरिदका लागि जनताबाट प्राप्त सहयोग रकम ६ करोड ११ लाख ४० हजार ९२ रुपैया र यसअघि चालू आ।व। मा प्रकोप व्यवस्थापन कोषमा प्राप्त सहयोग रकम ४२ लाख ४० हजार रुपैया गरी असार १० गतेसम्ममा विभिन्न संघ—संस्था र व्यक्तिगत रुपमा जम्मा ६ करोड ५३ लाख ८० हजार ९२ रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको जानकारी गराउन चाहन्छौं । जनताको रकमबाटै छोटो प्रक्रिया अपनाई चिनियाँ कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गर्ने कार्यका लागि कोषबाट १ करोड २३ लाख रुपैया खर्च भएको र अस्पतालमा अन्य स्वास्थ्य सामग्री खरिद गर्न २ करोड रुपैया निकासा दिएको अवगत गराउँदछौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का। नारायणमान बिजुक्छें ९रोहित० ज्यूबाट ख्वप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट २०७८ असार १ गते उद्घाटन भई नियमित अक्सिजन उत्पादन भइरहेको छ ।

     भक्तपुर नगरपालिकाले कोभिडविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको र सम्पूर्ण नगरबासीहरुलाई खोप लगाउन यस अभियानलाई निरन्तरता दिइरहने छौं । झण्डै १ लाख जनसंख्या भएको यस नगरपालिकामा कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा २,२४७ जनाले र दोस्रो मात्रा २,६५३ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै अर्को खोप भेरोसेलको पहिलो मात्रा २५,२८२ जनाले र दोस्रो मात्रा १६,५४७ जनाले प्राप्त गरिसकेका छन् ।

    नेपाल भूकम्पीय जोखिममा परेका देशहरुमध्ये ११ औं स्थानमा पर्दछ । २०७२ सालको भूकम्पले भक्तपुर नराम्ररी प्रभावित भएको थियो । १२० भन्दा बढी सम्पदामा आँशिक र पूर्ण क्षति भएको थियो भने ८ हजारभन्दा बढी घर आँशिक र पूर्ण क्षति भएको थियो । हामी निर्वाचित भएर नगरपालिकामा बहाली हुँदा पुनःनिर्माणको ठूलो चुनौती हाम्रोसामु थियो । त्यसलाई ध्यानमा राखेर नगरपालिकाले सम्पदा र निजी घर पुनःनिर्माणलाई जोड दिँदै आएको छ । हालसम्ममा २३ ओटा मन्दिर, ४० ओटा पाटी, ६ ओटा द्यःछेँ, ३ ओटा प्रवेशद्वार, ८ ओटा पोखरी, ७ ओटा इनार, ८ ओटा सत्तल, ७ ओटा ढुङ्गेधारा र अन्य ६ ओटा सम्पदा गरी कूल १०८ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदाहरू जीर्णोद्धारको क्रममा छन् । भूकम्पबाट क्षतिग्रष्ट निजी घरहरूमध्ये लाभग्राही सूचीमा सूचिकृत झण्डै ४० प्रतिशत घरहरूको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाँकी निर्माणाधीन अवस्थामा छन् ।

     नगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी ८० ओटा योजनाहरू सञ्चालनमा रहेकोमा १८ ओटा योजनाहरू सम्पन्न भएका छन् भने ६२ ओटा योजनाहरू चालू अवस्थामा छन् । यही आ।व।मा विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भार्वाचोदेखि च्याम्हासिंहसम्मको भक्तपुरको मूल सडकमा ढुड्डा छपाइ कार्य, भक्तपुर नपा ४ स्थित चपाल भैरव द्यः छेँ पुनः निर्माण, भक्तपुर ५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा ६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा ७ स्थित गय् भिंद्यो पुल र हनुमानघाटस्थित छिपा ताँको पुनःनिर्माण, सडक बत्तीको व्यवस्थालगायतका कार्यहरू सम्पन्न भएका छन् ।

     भक्तपुर नगरपालिकाको सीमित स्रोतसँगै बढ्दो जनसङ्ख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ । उपलब्ध स्रोतको व्यवस्थित वितरण, नयाँ—नयाँ स्रोतको खोजी गर्दै नगरवासीहरूलाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउँदै आएका छौँ । यसैक्रममा काठमाडौँ उपत्यका खानेपानी बोर्ड, केयुकेएल र भक्तपुर नगरपालिकाका पदाधिकारीहरूको संयुक्त बैठकले भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी शीघ्र वितरण गर्ने निर्णय गरेको छ ।

     भक्तपुर हस्तकला क्षेत्रमा स्थापना कालको उद्देश्य विपरीत अहिले ठूल्ठूला उद्योगहरू स्थापना गरी वातावरण प्रदूषण तथा ध्वनी प्रदूषण समेत भइरहेको जनगुनासोलाई सम्मान गर्दै उक्त औद्योगिक क्षेत्र स्थानान्तरणको लागि निरन्तर पहल गरिरहेका छौँ । त्यस क्षेत्रलाई स्थापनाको उद्देश्यअनुसार नै हस्तकलामा आधारित औद्योगिक केन्द्रकै रूपमा विकास गर्न हाम्रो पहल जारी छ ।

    सभाध्यक्ष महोदय,
    चालू आ.ब. २०७७/७८ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको संक्षिप्त समीक्षा प्रस्तुत गर्दछु ः

    आयतर्फ ः
    यस नगरपालिकाको चालू आ।ब।का लागि कूल बजेट १ अर्ब ८२ करोड ४० लाख हुने अनुमान गरिएको थियो । आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब ३६ करोड १ लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७८ जेठ मसान्तसम्ममा जम्मा ७२ करोड १२ लाख ८१ हजार आम्दानी भयो । चालू आ।व।को असार मसान्तसम्ममा बाह्य स्रोतबाट १ अर्ब १३ करोड ५१ हजार आम्दानी हुने संशोधित अनुमान छ ।
    आन्तरिक स्रोततर्फ ४६ करोड ३९ लाख रुपैया आम्दानी हुने अनुमान गरिएकोमा चालू आ।व।मा २०७८ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ १८ करोड ५९ लाख रुपैया आम्दानी भयो । कोभिड–१९ रोगको महामारीको कारण नेपाल सरकारले निषेधाज्ञा लागू गरेको कारण पर्यटकहरूको आवागमनमा प्रतिकूल प्रभाव प¥यो । पर्यटन शुल्कवापत १० करोड रुपैया आम्दानी हुने अनुमान गरिए पनि चालू आ।व।को जेठ मसान्तसम्ममा ५२ लाख ४० हजार मात्र आम्दानी भयो ।
    चालू आ।व।को जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट कूल ९० करोड ७२ लाख आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्व ३२ करोड ५० लाख आम्दानी हुने संशोधित अनुमान छ ।

    व्ययतर्फ ः
    चालू अन्तर्गत ः
     चालू आ।ब। २०७७र७८ का लागि चालूतर्फ १ अर्व २ करोड ६६ लाख रुपैया विनियोजन गरिएको थियो । नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चालू आ।व।मा २३ करोड बजेट विनियोजन भएकोमा वडा कार्यालयहरूमार्फत दुई किस्तामा सामाजिक सरक्षा भत्ता वितरण गर्दा जम्मा १४ करोड ५४ लाख ९२ हजार खर्च गरिएको छ ।

     नगरपालिका अन्तर्गत विभिन्न विषयगत समितिहरुका लागि चालू आ।व।मा ४ करोड ५४ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ९० लाख ८८ हजार रुपैया खर्च भएको छ ।

     सशर्त अन्तर्गत ३३ करोड ९३ लाख रुपैया बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा कूल १९ करोड ३३ लाख २१ हजार खर्च भयो ।

    पुँजीगत अन्तर्गत ः
    चालू आ।व। २०७७र७८ का लागि सम्पदा पुनः निर्माणतर्फ रु। ६ करोड ५ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ५ वटा आयोजनाहरू सम्पन्न भई रु। ३ करोड ६३ लाख खर्च भयो र १० वटा योजना हाल संचालित छन् ।
    चालू आ।व।मा नगरस्तरीय विकास निर्माणका १० वटा योजनाहरूमा १५ करोड २५ लाख रुपैया विनियोजन भएकोमा जेठ मसान्तसम्ममा रु। १२ करोड ३७ लाख खर्च भएको छ ।

    चालू आ।व।मा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा कोभिड महामारीको कारणले जेठ मसान्तसम्म रु ३ करोड मात्र खर्च भएको छ ।

    सडक बोर्ड अन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि रु। १ करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७८ लाख ४९ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
    यस हिसावले चालू आ।व।मा पुँजीगततर्फ कूल रु। ७९ करोड ७३ लाख रुपैंयामध्ये जेठ मसान्तसम्ममा यथार्थ खर्च २७ करोड ८८ लाख भयो । चालू आ।व।को असार मसान्तसम्ममा पुँजीगततर्फ रु। ३८ करोड १० लाख खर्च हुने संशोधित अनुमान छ ।

    सभाध्यक्ष महोदय,
    भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको पाँचौं आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा कोरोना भाइरस ९कोभिड १९० रोगको महामारीको असर परेको छ । प्रतिकूल अवस्थाका कारण हामीले प्रक्षेपण गरे अनुरुप कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययीता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौं । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष श्री नारायणमान बिजुक्छेँ ९रोहित० ज्यूद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ मार्गदर्शनको आधारशीलामा, चुनावी घोषणापत्र र नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रम र नगर सभासद्ज्यूहरुबाट व्यक्त सुझावहरुका आधारमा नगरपालिकालाई उपलब्ध सीमित साधन तथा स्रोत र जनताको असीमित आकांक्षा, आवश्यकताहरुलाई तादम्यता कायम गरी समाजवादी दर्शनबाट अभिप्रेरित भई बजेट विनियोजन गरेका छौं ।

    यस सम्मानित नगरसभामा आथिक वर्ष २०७८/७९ को लागि भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमान सहितको बजेट पेश गर्ने अनुमति चाहन्छौं ।

    आयतर्फ ः
    नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ।ब। २०७८र७९ को लागि रु। १ अर्ब ९३ करोड २० लाख आय अनुमान गरिएको छ ।
    बाह्य स्रोतबाट जम्मा १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बार्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
    बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ ।
    संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजश्व बाँडफाट र अन्यबाट १९ करोड २२ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

    आ।व। २०७८/०७९ का लागि नगरपालिकाबाट संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया बैंक ऋण प्राप्त हुने अनुमान गरिएको छ ।

    त्यस्तै आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकमलगायतबाट कूल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नगरवासीहरूको आर्थिक कृयाकलापमा प्रतिकूल प्रभाव परेको हुँदा यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अनुमान गर्ने सन्दर्भमा नगरवासीहरूको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी जनतासंग प्रत्यक्ष सरोकार राख्ने शीर्षकहरुमा साविकको नै कायम राखिएको छ । अन्य केही आवश्यक करका शीर्षकहरूको दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ । करको दर पुनरावलोकन गर्दा नगरवासीहरूलाई कम मात्र आर्थिक भार पर्ने गरी सहुलियत र छुट दिन सकिने कुराहरूलाई ध्यान दिइएको छ । कोभिड महामारीको कारण स्थानीय पर्यटन ब्यवसायमा नकारात्मक असर परेकोले आ।ब। २०७८।०७९ को शुरु ४ महिनाको व्यवसाय कर छुट दिने व्यवस्था गरेका छौं ।

    व्ययतर्फ ः
     २०७८ असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रु १ अर्ब ९३ करोड २० लाखको कूल बजेट विनियोजन गरिएको छ ।

     चालूतर्फ खर्चका लागि ४० करोड ७२ लाख ७७ हजार रुपैया विनियोजन गरिएको छ । संघीय सरकारको तर्फबाट सशर्त चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ८७ लाख, र वागमती प्रदेश सरकारको तर्फबाट सशर्त रु २८ लाख ४० हजार, सामाजिक सुरक्षा भत्तामा ३० करोड र विभिन्न समितिहरुको खर्च ४ करोड ३४ लाख विनियोजन गरिएको छ । यस हिसावले कूल चालू खर्चका लागि रु। १ अर्ब १० करोड २२ लाख १७ हजार रुपैया विनियोजन गरिएको छ ।

     आ।व। २०७८/७९ का लागि पुंजीगततर्फ रु ८२ करोड ९७ लाख विनियोजन गरिएको छ ।

     २५ शøयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माणाधीन छ । यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’को रुपमा निर्माण गर्न २० करोड रुपैया विनियोजन गरिएको छ । साथै ख्वप अस्पताल र स्वास्थ्य केन्द्रहरु संचालन एवं व्यवस्थापनका लागि ३ करोड रुपैया विनियोजन गरिएको छ ।

     अपार जनसहयोगबाट निर्मित अक्सिजन प्लान्टबाट चिकित्सकको सल्लाह र परामर्शमा घरमै अक्सिजन थेरापीमार्फत स्वास्थ्यलाभ गरिरहनुहुने नगरबासीहरुलाई आगामी २०७९ असार मसान्तसम्म अक्सिजन निःशुल्क उपलब्ध गराइनेछ । अन्य नगरपालिका एवं अन्य जिल्लाका जनताहरुको हकमा कार्यविधि बनाई अक्सिजन वितरण गरिने छ ।

     सम्पूर्ण नगरवासीहरुलाई कोभिड रोगको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारबाट प्रदान गरिने कोरोनाविरुद्धको खोप दिने लक्ष्य सहित आवश्यक व्यवस्था गरिएको छ ।

     नगरपालिकाद्वारा संचालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया विनियोजन गरिएको छ । आवास योजनामा जग्गा फिर्ताको क्रममा जनताका गुनासो लिने प्रक्रियाअनुसार गुनासाहरूको सम्बोधन गर्ने प्रक्रिया चलिरहेको छ । शीघ्र त्यसको सम्बोधन गरी अगाडि बढाइनेछ ।

     भक्तपुर नगरपालिका वडा नं १ स्थित ऐतिहासिक न्हु पुखु ९रानी पोखरी० र जलेश्वर मन्दिरसहितको भाज्या पुखु पुनः निर्माण कार्य आ।व। २०७८।०७९ भित्र सम्पन्न गरी उपयोगमा ल्याइने छ । यसका लागि २ करोड रुपैया विनियोजन गरिएको छ । साथै सिद्ध पोखरीको उत्तरतिरको गुह्येश्वरी पाटी पुनः निर्माणका लागि ३० लाख रुपैया विनियोजन गरिएको छ ।

     निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिम नगरवासी ज्येष्ठ नागरिकहरुलाई स्वस्थ वातावरणमा हेरचाह र संरक्षण गर्न आ।व। २०७८।०७९ मा भनपा वडा नं। ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन संचालन गरिने छ । यसका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ ।

     भनपा २ स्थित शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि ६५ लाख रुपैया विनियोजन गरिएको छ । भनपा १० स्थित बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न आ।व। २०७८।०७९ का लागि २ करोड ६३ लाख रुपैया विनियोजन गरिएको छ । भनपा वडा नं। ८ स्थित लिवाली कभर्ड हल निर्माण कार्यका लागि ३५ लाख रुपैया विनियोजन गरिएको छ ।

     नगर प्रवेश गर्ने पुलहरु जीर्णोद्धार एवं पुनः निर्माण कार्यलाई आ।व। २०७८।०७९ मा प्राथमिकतामा राखिएको छ । ब्रम्हायणी पुल, लिवाली र हनुमान्चास्थित लार्के पुल र राम मन्दिर पुल निर्माण तथा पुनः निर्माण कार्य अगाडि बढाइने छ । निर्माणाधीन बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी २ करोड ९४ लाख रुपैया विनियोजन गरिएको छ । साथै हनुमानघाट पुल जीर्णोद्धार कार्य पनि यसै वर्ष अगाडि बढाइने छ ।

     आधुनिक प्रविधि सहित नगरको फोहर मैला व्यवस्थापन कार्यका लागि ३ करोड ३२ लाख रुपैया विनियोजन गरिएको छ ।

     नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि १ करोड ७० लाख रुपैया विनियोजन गरिएको छ ।
     परम्परागत रुपमा शवदाह हुँदै आएकोमा कम ऊर्जा खपतमा वातावरण प्रदुषण समेत न्यूनीकरण हुने सुधारिएको शव दाह निर्माणको लागि २५ लाख रुपैया विनियोजन गरिएको छ । यससंगै विद्युतीय शव दाह गृह निर्माण कार्यका लागि प्रकृया अगाडि बढाइने छ ।

     नगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुसंग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

     क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु। १०,०००।– का दरले सहयोग गर्दै आएका छौं । चालू आ।व। जेठ महिनाको मसान्तसम्ममा ११३ जनाले रु। ११,३०,०००।– ९एघार लाख तीस हजार रुपैयाँ० सहयोग रकम प्राप्त गरिसकेका छन् । आ।व। २०७८÷७९ मा पाँच किसिमको दीर्घरोग क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात तथा स्पाइनल इन्ज्युरी भएका रोगीहरूलाई प्रतिव्यक्ति रु। १५,००० पु¥याएका छौं ।

     इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएकोमा यो वर्ष ती विषय लिई उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कूल ५ लाख ६८ हजार रुपैयाँ बराबर छात्रवृत्ति पाएका छन् । आ।व। २०७८÷७९ मा पनि यसलाई निरन्तरता दिइनेछ ।

     नगरवासी किसानहरुद्वारा उत्पादित वस्तुको सुरक्षा र व्यवस्थापनका लागि भनपा ८ लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न तथा भनपा ५ मा तरकारी बजार निर्माण गर्न २ करोड ६४ लाख रुपैया विनियोजन गरिएको छ ।

     नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि १० लाख रुपैयाको उपचार कोषको व्यवस्था गरिएको छ । उक्त कोष संचालनको लागि छुट्टै कार्यविधि तयार गरिने छ ।

     नगरपालिकाबाट विगत वर्षदेखि संचालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न २ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ । संघीय तथा वागमती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानका लागि छनौट गरिएका योजनाहरूका लागि ५ करोड ५८ लाख रुपैया समावेश गरिएको छ । सम्पदा पुनः निर्माण अन्तर्गतका क्रमागत योजनाहरू संचालनका लागि रु। ४ करोड ५ लाख विनियोजन गरिएको छ ।
     यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको छ । नगरपालिकाको आप्mनै स्रोतबाट संचालन हुने र संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक एवं विशेष अनुदानका योजनाहरू तथा प्रदेश पूर्वाधारका योजनाहरु संचालन गर्न १६ करोड ८० लाख रुपैया विनियोजन गरिएको छ ।

     वडास्तरका योजनाहरू संचालन गर्न विगत वर्षझैं प्रति वडा रु। ५० लाखको दरले जम्मा ५ करोड रुपैया र सडक बोर्ड अन्तर्गतका योजनाहरू संचालन गर्न १ करोड रुपैया विनियोजन गरिएको छ ।

     चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिंदै यसका लागि २ करोड रुपैया विनियोजन गरिएको छ । त्यस्तै भक्तपुरको कला, वास्तुकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशीपसंगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि बजेटको व्यवस्था गरिएको छ ।

     नगरभित्रका सामुदायिक विद्यालयहरूमा वालविकास सहजकर्ता ९इसीडी शिक्षक० हरूको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रतिमहिना रु।४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजावापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ ।

     पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ र यसका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ ।

     ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।

     खोला सुधार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ४० लाख विनियोजन गरिएको छ ।

    यस हिसाबले कुल बजेटको चालू खर्चतर्फ ५७।०५ प्रतिशत र पुँजीगत खर्चतर्फ ४२।९४ प्रतिशत विनियोजन गरिएको छ ।

    सभाध्यक्ष महोदय,

    नगरपालिकाले आ।व। २०७८र७९ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहाय बमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौं ः
     भक्तपुर नगरपालिकाले शिक्षालाई नगरकै आँखाको रुपमा लिएको छ र यो क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको यहाँहरुमा विदित्तै छ । तसर्थ यो वर्ष शिक्षा तथा संस्कृति क्षेत्रमा ३१ करोड ५४ लाख रुपैया ९१६।३२ प्रतिशत० विनियोजन गरिएको छ ।

     अहिलेको महामारीको विषम् परिस्थितिमा भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि २६ करोड २१ लाख ९१३।५६ प्रतिशत० विनियोजन गरिएको छ ।

     भक्तपुर नगरपालिकाको पहिचान र देशको गहनाको रुपमा रहेको सम्पदाहरुलाई जोगाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि सम्पदा संरक्षणमा ५ करोड २९ लाख ९२।७३ प्रतिशत० विनियोजन गरिएको छ ।

     नगरमा नवनिर्माण तथा पुनःनिर्माणमा रु ४० करोड ९२०।७०० विनियोजन गरिएको छ ।

     युनेस्कोले सन् १९९९ मा सरसफाई र सम्पदा संरक्षण कार्यमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत भक्तपुर नगरपालिकालाई सम्मान गरेको थियो साथै ट्रान्सपरेनसी इन्टरनेशनलले २०५६ सालमा सदाचारको टापुबाट विभूषित गरेको थियो । यस गरिमालाई कायम राख्न भक्तपुर नपाले फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ७ करोड ८२ लाख ९४।०४ प्रतिशत० विनियोजन गरिएको छ ।

     समाजलाई सुदृढ ढंगले अगाडि बढाउन महिला, पुरुष एक अर्काको परिपूरक हुन् । त्यस्तै बालबालिका भनेका नगरका भविष्य हुन्, ज्येष्ठ नागरिक भनेका समाजका पथप्रदर्शक हुन् । त्यसैले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ३१ करोड १८ लाख रुपैया ९१६।१४ प्रतिशत० विनियोजन गरिएको छ ।

     नगरका युवाहरु नगरको उज्ज्वल भविष्यका संवाहक हुन् । युवाहरुको वृत्ति विकास एवम् शारीरिक विकास हुनु अत्यन्त जरुरी छ । तसर्थ युवा तथा खेलकुदको क्षेत्रमा ४ करोड ७४ लाख रुपैया ९२।४५ प्रतिशत० विनियोजन गरिएको छ ।

     कृषकहरुको बाहुल्यता भएको हाम्रो नगरमा उन्नत कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ९४ लाख रुपैया ९१।५२ प्रतिशत० छुट्याएका छौं ।

     नगरवासीहरुको भावना अनुसार नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि रु। ४२ करोड ४६ लाख ९२१।९८ प्रतिशत० विनियोजन गरिएको छ ।

    यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा संघ र प्रदेश सरकारका कार्यक्रमहरूसंग दोहोरो नपर्नेगरी समन्वय गरी पारदर्शी एवं जवाफदेही ढंगबाट कार्यान्वयनको व्यवस्था गर्नेछौं । यस नगरपालिकामा काम गर्न इच्छुक संघसंस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।

    आ।व। २०७८/७९ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८, स्वीकृत योजनाहरू र कर दस्तुरको विस्तृत विवरण अनुसूचीहरुमा समावेश गरिएको छ ।

    अन्त्यमा, आ।व। २०७८/७९ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, संघसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं र प्रस्तुत बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि यहाँहरुको सदाझैं निरन्तर सहयोगको अपेक्षा समेत गर्दछौं ।

    प्रस्तुतकर्ता
    रजनी जोशी, उपप्रमुख
    २०७८ असार १० गते      

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...