News Portal

  • पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ असार
    २०२७ पटक
    भक्तपुर, १४ असार

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो ।

    सोमबार गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आइतवार बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । यस अघि मन्त्रिपरिषद बैठकले एउटा एआइजी पद थप्ने निर्णय गरेको थियो र सो पदमा सिफारिस हुने थापा भाग्यमानी प्रहरी अधिकारी भएका छन् । उनी पहिलो नम्बरमा डिआइजी सिफारिस भएका कारण पनि थपिएको माथिल्लो पदमा पुग्न सफल भएका गृह श्रोतको भनाइ छ ।

    यसअघि एआईजी विश्वराज पोखरेल आईजीका एक्ला दाबेदार थिए। एआईजीमा सहकुल बहादुर थापाको बढुवा भएसंगै पोखरेलले थापासंग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । पोखरेल र थापा एकै ब्याचका प्रहरी अधिकारी हुन् । उनीहरु दुई मध्ये एक आगामी प्रहरी महानिरीक्षक बन्ने पक्कापक्की भएको छ । तुलानात्मक रुपले हेर्दा आगामी प्रहरी महानिरीक्षकमा पोखरेलको भन्दा थापाको पल्ला भारी भएको जानकारहरु बताउछन् ।

    थापा सूर्यविनायक नगरपालिकास्थित नलिनचोक पलासेँका स्थायी वासिन्दा हुन् । पिता गणेशबहादुर थापा र माता ललितकुमारीका छोरा सहकुल बहादुर थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । समयले साथ् दिएमा थापाले २०७९ वैशाखमै नेपाल प्रहरीको सर्वोच्च पद प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...