News Portal

  • भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    संजीप शुभचिन्तकभक्तपुर, १७ असार २०७८
    २६९० पटक
    भक्तपुर, १७ असार २०७८

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।

    महानगरीय प्रहरी वृत्त जगातीले पटक पटक एउटै प्रकृतीको अपराध गरेको एक ३६ वर्षको पुरुषलाई पक्राउ गरेको हो । आरोपी व्यक्ति रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ रुपाकोट घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने चमार सिंह तामाङ्ग हुन् । उनले महिलाहरुलाई एकान्तमा एक्लैदुक्लै पारी संबेदनशील अंग समात्ने र दुर्व्यवहार गर्ने गरेको पाइएको वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाले बताए ।डिएसपी थापाले जनाए अनुसार अभियुक्तले प्रहरी सामू आफ्नो अपराध कर्म स्वीकार गरेका छन् भने उनमा कुनै मानसिक स्वास्थ्य समस्या समेत देखिएको छैन ।

    अभियुक्तले यसरी गर्थे अपराध
    डिएसपी थापाले दिएको जानकारी अनुसार अभियुक्त तामाङ्ग मोटरसाइकल चढेर महिलामाथि अश्लिल हर्कत गर्थे र फरार हुन्थे । बाटोमा हिडिरहेका महिलाहरु अनपेक्षित आक्रमणबाट प्रताडित भएपनि अभियुक्त बारे कुनै जानकारी वा परिचय खोल्न सक्दैन थिए । मोटरसाइकलमा आउने तामाङ्गले फूल हेम्मेट लगाउने, महिलाको नजिकै आएपछि मोटरसाइकलको बत्ती समेत निभाई संबेदनशील अंगमा समात्ने गरेका थिए र तीब्र गतिमा भाग्दा मोटरसाइकल नम्बर समेत पहिचान हुन सकेको थिएन ।

    १ दर्जन बढी महिला अपराधको सिकार
    महानगरीय प्रहरी वृत्त जगातीमा मोटरसाइकल चालकले दुर्व्यवहार गरेको आरोप लिएर दर्जन बढी महिला सम्पर्कमा आएका र केहिले लिखित उजुरी दिएका अपराध अनुसन्धान शाखाका प्रमुख रहेका प्रहरी निरीक्षक विष्णुहरी फुँयाल बताउछन । उनका अनुसार पिडित हुनेहरुमा १४ वर्षका बालिका देखि ५० वर्षकी महिला समेत रहेका छन् ।

    एउटै महिला तीन पटक सम्म पिडित
    अभियुक्तले आफूलाई ३ पटक सम्म आक्रमण गरेको एक पिडित महिलाले भक्तपुर पोस्टलाई जानकारी गराइन । मर्निङ्ग वाकमा निस्कदा पटक पटक गरी ३ पटक आफ्नो छातीमा समातेर अभियुक्त भागेको उनले बताइन । त्यसको चोटले धेरै दिन छाती दुखेको उनले जानकारी गराइन । अपराधीको डरले मर्निङ्ग वाकमा निस्कनै डर लाग्ने गरेको उनको भनाइ छ ।

    आक्रमण पछि अस्पताल नै जानुपर्यो
    एक अर्की पिडित महिलाले जनाए अनुसार अभियुक्तले संवेदनशील अंगमा ज्यादै जोडले समात्दा उनी अस्पताल नै जानु पर्ने अवस्था भयो । अस्पतालमा गै एक्सरे गरी औषधी समेत सेवन गर्नुपरेको भक्तपुर पोस्टसंग उनले गुनासो गरिन ।

    अपराधि समात्न ७ महिना
    गत पुषमै महानगरीय प्रहरी वृत्त जगातीलाई अपराध कार्यको बारेमा थाहा भएपनि अभियुक्त समात्न ७ महिना लागेको छ । अपराधीको रातो मोटरसाइकल र कालो ड्रेस बाहेक कुनै जानकारी पिडितहरुले दिन नसक्दा पक्राउ गर्न ७ महिना लागेको प्रहरीको भनाइ छ । अपराधको जानकारी पाएपछि प्राय अपराध हुने क्षेत्र भनपा १० टाउनप्लानिङ्गमा आफूहरुले सिभिलमा प्रहरी खटाउदा समेत समात्न नसकेको डिएसपी राजेश थापा बताउछन । आफूले महिला प्रहरीलाई एक्लै उक्त क्षेत्रमा हिडाई ब्याक फोर्स लिएर बस्दा पनि अपराधी बारे ७ महिना सम्म कुनै सुराक पाउन नसकेको डिएसपी थापाले खुलासा गरे ।

    अभियुक्त यसरी परे प्रहरी फन्दामा
    महिलामाथि अश्लिल हिँसा गर्न पल्किएका तामाङ्गले असार ४ गते बिहान आदर्श चौक नजिक एक पत्रकारलाई निशाना बनाए । पत्रकारले प्रतिवाद मात्र गरिनन । तत्कालै उनले मोबाइलबाट फोटो लिईन । फोटोमा अभियुक्तको पहिचान नखुलेपनि उनको मोटरसाइकलको नम्बर खुल्यो । अल्फावेट नखुलेपनि मोटरसाइकल नम्बर ९५७३ भन्ने थाहा पाएपछि प्रहरी लाई अनुसन्धानमा ठुलो राहत मिलेको इन्स्पेक्टर विष्णुहरी फुँयाल बताउछन । पत्रकार माथि दुर्व्यहार भएपछि नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले प्रेस बिज्ञप्ती नै प्रकाशित गरी दोषीलाई अविलम्ब पक्राउ र कारवाही गर्न ध्यानाकर्षण गराएपछि प्रहरी थप प्रेसरमा परेको थियो । अन्तत : ब्यापक प्रहरी अनुसन्धानपछि मोटरसाइकल नम्बर बा ७८ प ९५७३ भएको प्रहरीले पत्ता लगायो र असार १५ गते साँझ ५ बजे कमलविनायकबाट उक्त मोटरसाइकल सहित अभियुक्तलाई समात्न प्रहरी सफल भएको बताइएको छ ।

    अभियुक्तलाई ७ दिन म्याद थप
    अभियुक्त तामाङ्ग लाई बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी अभद्र मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान भैरहेको वृत्तका अपराध अनुसन्धान शाखाका प्रमुख रहेका इन्स्पेक्टर विष्णुहरी फुँयालले बताए ।

    एकै अभियुक्तलाई ६ वटा मुद्दा
    अभियुक्त तामाङ्ग उपर छ वटा मुद्दा लगाइएको छ । एकै व्यक्ति उपर यतिधेरै मुद्दाको विशेष अर्थ हुने गर्छ । अपराधको गाम्भीर्यता यसबाट देखिने बताइन्छ । उनी उपर अभद्र व्यवहार, सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएको लगायतको मुद्दामा अनुसन्धान भैरहेको छ ।

    दोषी उपर कडा कारवाही गर्न महासंघको माग
    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले महिला माथि गरिएको दुर्व्यवहार सभ्य समाजलाई नै लज्जित गराउने हर्कत भएको ठहर गरेको छ । अभियुक्तलाई पक्राउ गरेकोमा आफूहरुले वृत्तमै पुगी प्रहरीलाई धन्यवाद दिएको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् । सचिव संजीप घिमिरे द्वारा गत असार ६ गते नै प्रेसित प्रेस बिज्ञप्तीमा आफूहरुले अपराधीलाई कडा कारवाहीको माग गरेको उनले बताए ।

    हदै सम्मको कानुनी सजाँय माग गरिने
    भक्तपुरको प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाले अपराधीलाई हदै सम्मको सजाय माग गरिने प्रतिवद्धता प्रकट गरेकी छन् । उनले अभद्र व्यवहार मुद्दामा हदै सम्मको सजाय माग गरी प्रहरीले मुद्दा फैसला गर्ने निकायसमक्ष मुद्दा अघि बढाउने बताइन ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...