News Portal

  • सरकारले फेरिपनि बढायो डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य

    १३ दिनमै मूल्य वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार २०७८
    ७३१ पटक
    भक्तपुर, २२ असार २०७८

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको भाउ बढाएको हो ।

    असार ९ गते मूल्य बढाएको निगमले १ महिना नपुग्दै मूल्यवृद्धिको निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको १३ दिनमै फेरी मूल्य बढेको हो।

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने छ । त्यस्तै निगमले आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४ रुपैयाँ पुर्याएको छ ।

    अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ ।

    निगमले भाउ बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जिकिर गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...