News Portal

  • सरकारी गाडीभित्र अश्लील हर्कत गरेको आरोपमा भक्तपुर प्रहरीद्वारा ३ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार २०७८
    २६६४ पटक
    rajesh thapa DSPभक्तपुर, २४ असार २०७८

    सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा सरकारी गाडीभित्रबाट १ महिला र १ पुरुषलाई बुधवार पक्राउ गरेको भक्तपुर पोस्ट श्रोतले जनाएको छ । उनीहरुलाई निर्बस्त्र अवस्थामा पक्राउ गरिएको बताइएको छ । गाडी बाहिर कुरुवा बसेका अर्का पुरुष भने बिहीवार मात्र पक्राउ परेका हुन् । पायलट बाबा जाने बाटोमा गाडी रोकी गाडीभित्रै अश्लील हर्कत गरेको पाइएपछि उनीहरु प्रहरी फन्दामा परेका हुन् ।

    उक्त सरकारी गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भएको जानकारी प्राप्त भएको छ । प्रहरीले गाडी नम्बर र पक्राउ परेका व्यक्तिबारे कुनै आधिकारिक सूचना सार्वजनिक गरेको छैन । भक्तपुर पोस्ट श्रोतका अनुसार पक्राउ परेका तीनै आरोपी उपर बिहीवार जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पाँच दिने म्याद थप गरी जगाती वृत्तले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...