News Portal

  • भक्तपुरका व्यवसायी ज्ञानेन्द्र महर्जनको गुनासो : यातायात व्यवसाय सडकमा आउन मात्र बाँकी

    बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बैंकलाई नै बुझाउनुको विकल्प नभएको

    अनिल फोजूभक्तपुर , ३१ असार २०७८
    १९१४ पटक
    भक्तपुर , ३१ असार २०७८

    यतिबेला यातायात क्षेत्रमा संकटको अवस्था सृजना भएको छ । कोरोना भाइरसका कारण लामो निषेधाज्ञाका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको हो । कोरोना भाइरसको कारण यातायात क्षेत्र ठप्प प्रायः छ । सरकारले जारी गरेको निषेधाज्ञाले यतिबेला व्यवसाय उठ्ने नसक्ने गरी थला परेको बताइन्छ ।

    भक्तपुर मिनिबस सेवा समितिका पूर्व अध्यक्ष एवं यातायात व्यवसायी ज्ञानेन्द्र महर्जनका अनुसार बन्दाबन्दीका कारण यातायात व्यवसाय जर्जर अवस्थामा पुगेको छ । यातायात क्षेत्र ठप्प भएको कारण बैंकको किस्ता, मजदुरको तलब तथा दैनिक जनजीवन व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । ‘गाडी नचलेका कारण यातायात व्यवसायीको आम्दानीको स्रोत गुमेको छ, स्रोत गुमेपछि बैंकको किस्ता, कर्मचारीको तलब भत्ता, गाडीको नियमित मर्मत सम्भार, बिमालगायत काम प्रभावित भएको छ’,महर्जन बताए ।

    हातमा सिप छ, नेपालमै बसेर केहि गर्छु भनि घरखेत बन्धक राखेर बैंकबाट चर्काे व्याज भएपनि तिर्न सकिने आशाका त्यान्द्राहरु बोकेर चलाइरहेको गाडी अचानक रोक्नु पर्दा व्यवसायीका जीवन नै रोकिएको जस्तो भएको उनले गुनासो गरे । महामारीबाट बाचे फेरि कमाउला भन्ने आश भएपनि सरकारको साथ् नहुदा निराश बन्नुपरेको उनले बताए । किस्ता तिर्न बैंकको तारन्तार खबर आउँछ । के गर्ने कसरी गर्ने कुनै आर्थिक बाटो सबै बन्द छ । थप बोल्न सक्दैनन् महर्जन ।

    सडकमा गुड्ने अधिकांश सवारीसाधन बैंकबाट चर्को ब्याजमा ऋण लिएर सञ्चालनमा छन् । महर्जनका अनुसार बस खरिदमा करिब ३० प्रतिशत व्यवसायीको लगानी र ७० प्रतिशत बैंकको ऋणमार्फत लगानी गरिएको छ । यसरी यो व्यवसायमा अधिकांश लगानी बैंक क्षेत्रकै रहेको छ । यातायात सुरु नहुँदा बैंकको कर्जा, बिमा भुक्तानी, कर्मचारीलाई तलब दिने समस्याले जरो गाडिसेको छ । यसबाहेक लामो समयदेखि थन्किएका कारण पार्टपुर्जामा खिया लागेर मर्मत सम्भार गरी सञ्चालन गर्दा अतिरिक्त खर्च गर्नुपर्ने थप समस्या अघिल्तिर तेर्सिएको छ।

    भक्तपुरमा ख्वप मिनिबस सेवा समितिमा मात्र दर्ता भएको ३ सय २७ वटा गाडी छ । जसमा ६ सय ५४ जनाले काम गर्छन । अब तिनीहरुको हालत कस्तो होला? महर्जनले सुनाए । उनले दुखेसो पोख्दै भने कि यातायात क्षेत्रले लुटेर खाए भन्दै समाचार आउदा दुख लाग्छ । ”चर्काे तेलको मुल्य भएको बेला हामीले भाडा याथावत् गर्यौं ,साथै सिमित सीटमा भएपनि यातायात संन्चालन गरी सेवा पुर्यायौं । त्यहिपनि हामी माथि आरोप लागेकोले दुख लगाइदा दुख लाख्छ ।”उनले भने ।

    अब त यातायात व्यवसाय मात्र होइन यातायात क्षेत्रमा काम गर्नेहरु मजदुरहरुको पनि बिचल्ली हुँने बेला भएको उनको भनाइ छ । पछिल्लो छ महिनाको लकडाउनमा तिमीहरु कसरी बस्यौं र यातायात मजदुरलाई कसरी व्यवस्थापन गर्यौं भन्ने कसैले पनि चासो नदिएको प्रति व्यवसायी चिन्तित छन् । । यस क्षेत्रमा लाग्ने मजदुरहरुलाई राज्यले कसरी व्यवस्थापन गर्ने र बचाउने भन्ने विषयमा ध्यान नै देखाएको छैन ।

    यता कोभिड–१९ को समस्या निवारणपछि कर्जा नउठ्ला भनेर बैंकलाई चिन्ता छ । बैंकले पनि कर्जातिर्न ताकेता गरेका छन् । आम्दानीको स्रोत नै नभएपछि तोकिएको समयमा किस्ता तिर्न व्यवसायी असमर्थ छन् । यस्तो अवस्थामा किस्ता भुक्तानीका लागि बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बुझाउनुको विकल्प नभएको महर्जनले बताए । बन्दाबन्दीका कारण बस सञ्चालन नहुँदा व्यावसायिक क्षति व्यहोर्नुपरेको छ । सार्वजनिक सेवाका लागि खरिद गरिएका करोडौ मूल्यका गाडी ग्यारेजमा थन्किएका छन् । सार्वजनिक यातायातको विषयमा राज्यको उदासिनताले व्यवसायी एक्लो बनेका छन् ।

    मौद्रिक नीतिले व्यवसायीमा केही सकारात्मक ऊर्जा प्रदान गरे पनि कार्यविधिले निरास पारेको छ । व्यक्ति खडा भएर कम्पनी निर्माण भएको छ । अहिलेको व्यवस्थामा व्यक्तिगत ऋणीले कर्जा पाउने अवस्था छैन। कम्पनीमा गएका व्यवसायीले मात्रै सीमित राहत पाउने अवस्था छ । यसले गर्दा धेरै व्यवसायी सडकमा आउन मात्रै बाँकी देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...