News Portal

  • भक्तपुरमा सेवा कामनाको सेवा आरम्भ

    अनिल फोजूभक्तपुर, १ साउन २०७८,शुक्रबार
    १३६८ पटक
    भक्तपुर, १ साउन २०७८,शुक्रबार

    भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् ।

    भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको बताइएको छ । बाग्मती प्रदेश सहकारी ऐन अन्तर्गत स्थापित सेवा कामनाको सेवा भक्तपुर ,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको छ । पाँच करोड शेयर पुँजी रहेको उक्त संस्थामा दशकौं लामो समय देखि वित्तीय क्षेत्रमा कार्य गरी अनुभव प्राप्त सफल व्यक्तिहरु व्यवस्थापन तहमा रहेका छन् ।

    समुदायमा छरिएर रहेको ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकीकृत गर्दै सदस्यहरुलाई उचीत प्रतिफल दिन र संम्भावित व्यवसायिक क्षेत्रहरुको पहिचान गरि सदस्यहरुलाई सहभागी गराउँदै उपलब्ध श्रम, सीप परिचालन गरि स्वरोगारमुलक अभियान संगसंगै लैजाने यस संस्थाले प्रतिबद्धता राखेको छ ।

    यस सेवा कामनाले निक्षेप योजनाहरुमा चल्ती बचत खाता, सेवा कामना श्रीमान(श्रीमती बचत , सेवा कामना उप(डाउन बचत, सुनौलो भविष्य बाल बचत ,महिला अवधि बचत, दैनिक अवधि बचत, सेवा कामना ज्येष्ठ नागरीक बचत, सेवा कामना अवधि बचत ,सेवा कामना आवधिक बचत र कर्जा तथा सापट योजना सेवाहरु प्रदान गरिने बताइएको छ । यस सेवाले विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर प्रदान गर्ने सस्थाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...