News Portal

  • रविन थापाको नेतृत्वमा भक्तपुरको युथफोर्स

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ साउन
    २०४८ पटक
    भक्तपुर, २ साउन

    नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले ब्युताएको युथफोर्समा भक्तपुरको कमाण्ड रबिन थापालाई दिइएको छ । युवा संघको सूर्यविनायक नगर इन्चार्ज रहेका थापाको नेतृत्वमा भक्तपुरमा युथफोर्स गठन गरिएको हो ।

    शनिवार युवा संघद्वारा गुन्डुको जंगलमा आयोजित कमाण्डो तालिमको अवसरमा थापालाई भक्तपुर युथफोर्सको प्रमुख घोषणा गरिएको हो । थापा सूर्यविनायक ५ का स्थानीय युवा हुन् । उनी युवा संघका इन्चार्ज महेश बस्नेत निकट रहदै आएका छन् । युवा नेता दिपक थापाको पक्षमा रहेका रविन पछिल्लो समय दिपक माधव नेपाल तिर लागेपछि बस्नेत क्याम्पमा प्रवेश गरेका हुन् ।

    हकी स्वभावका युवा रविन थापाले युवाहरुलाई केन्द्रीत गर्न र परिचालन गर्न सक्ने विश्वास युवा संघले लिएको छ । उनको नेतृत्वमा ६०१ सदस्यीय युथफोर्स गठन गरिएको युवा नेता दिनेश थापाले जनाएका छन् । युवा संघको भक्तपुर अध्यक्षमा भने राजु लुबन्जार रहेका छन् ।

    युवा संघका इन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युवा संघले राजनीतिक नेतृत्व गर्ने र युथ फोर्स त्यस अन्तर्गत परिचालित हुने प्रष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...