News Portal

  • मैलुङ खोलाले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने

    भक्तपुर, ६ साउन
    ५२८ पटक
    भक्तपुर, ६ साउन

    साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये कर्मचारीहरुको लागि १४ हजार ७२६ कित्ता, सामुहिक लगानी कोषको लागि ३६ हजार ८१४ कित्ता र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधरणलाई छुट्टाइएको छ ।

    सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २८ गतेसम्म लम्बिनेछ ।

    आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

    कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले विसं २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

    आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरिसकेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले विसं २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।

    कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...