अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । उनले बिकासे मन्त्रालयका सचिबहरुलाइ बोलाएर उक्त निर्देशन दिएका हुन् ।
आर्थिक वर्ष २०७७र७८ को पुँजीगत खर्च अवस्थाको समीक्षा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्री शर्माले विनियोजित पुँजीगत रकम शतप्रतिशत खर्च गर्न पर्नेमा जोड दिए ।
विकास प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित हुनपर्ने उनको भनाई छ । त्यसका लागि अर्थ मन्त्रालयको पूर्ण सहयोग र समन्वय रहनेसमेत उनले प्रतिबद्धता प्रकट गरेका छन् ।