News Portal

  • निगमको अनलाइन भूक्तानी सेवा सुरु, ४ दिनमै ३.९७ अर्ब संकलन

    भक्तपुरपोष्ट संवाददाता७ साउन २०७८
    ७१९ पटक
    ७ साउन २०७८

    नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्था भएको साप (SAP) प्रणाली सञ्चालनमा ल्याएको छ । अब निगमका डिलर तथा अरु साझेदारहरुले अनलाइनबाट भूक्तानी गर्न सक्ने भएका छन् ।

    योसँगै कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे) बाट निगमलाई अनलाइन भुक्तानी गर्न सकिने भएको हो । अनलाइन भूक्तानीको सेवा औपचारिक रुपमा सुरु भएको ४ दिनमै ३.९७ अर्ब रुपैयाँ रकम संकलन भएको निमगले जनाएको छ ।

    विश्वमा निकै प्रचलनमा रहेको साप प्रणालीलाई नेपालमा सञ्चालन गर्ने निगम पहिलो सरकारी निकाय बनेको छ । यो प्रणालीमा डिलरहरु मार्फतको संकलन पनि एनसीएचएलको प्रणालीमार्फत अनलाइन माध्यमबाटै गर्न सकिने छ ।

    निगमले अरु भूक्तानी पनि अनलाइनमार्फत गर्ने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...