News Portal

  • आदर्शचोकमा सडक दुर्घटना हुँदा २१ वर्षिय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०७८
    १४७२ पटक
    भक्तपुर, ७ साउन २०७८

    गएराती सूर्यविनायक ८ आदर्शचोकमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूर्यविनायक नगरपालिका वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ रहेका छन् ।

    सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख २०३८ नं.को टिपरमा बिपरित दिशाबाट (जगातीबाट सूर्यविनायकतर्फ) आउदै गरेको प्रदेश ३-०२-०२४ प ८०३३ नं.को स्कुटी एक्कासी अनियन्त्रित भई ठक्कर खादा दुर्घटना भएको डिएसपी दिपक गिरीको भनाइ छ । स्कुटी चालक श्रेष्ठ गम्भिर घाइते भएकाले तत्कालै उपचारको लागी भक्तपुर अस्पताल दुधपाटीमा पुर्याएकोमा राति २:०० बजेको समयमा उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी गिरीले जानकारी गराए ।

    टिपर चालक सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. १२ बस्ने बर्ष २९ को रमेश माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...