News Portal

  • भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    मदन ढुंगाना/ भक्तपुर पोस्ट भक्तपुर, ९ साउन
    ३३७३ पटक
    भक्तपुर, ९ साउन

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो ।

    प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको माओवादी केन्द्रको चहलपहल अचेल ह्वात्तै बढेको देखिन्छ । संगठनको कामले भ्याईनभ्याई भएको नेताहरु समेत स्वीकार गर्दछन । तर, सत्ता परिवर्तनका कारणले नभई कोरोना भाइरस माहामारीका कारण रोकिएको सांगठनिक गतिविधि सुचारु गर्नुपरेकोले व्यस्तता बढेको जिल्ला अध्यक्ष डिपी ढकाल बताउँछन् । ”हाम्रो पार्टी आन्दोलनमा झन् रमाउने पार्टी हो । सत्तापक्ष भएर मात्र गतिविधि बढेको होइन ।” पार्टीका पूर्व जिल्ला इन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले दावी गरे । जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले पनि आन्दोलनपछि निष्क्रिय रहंदा कार्यकर्तामा उत्साह घट्नसक्ने भएकोले गतिविधि बढाइएको बताए । भक्तपुरको संगठन अब यथास्थितिमा नरहने र संगठनलाई नयाँ उचाइमा पुर्याइने उनले जिकिर गरेका छन् ।

    शनिवार नेकपा(माओवादी केन्द्र) ले चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीको वडा कमिटी पुनर्गठन गरी नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न जिल्ला भेलाबाट हरेराम खड्काको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित सचिव दिलकुमार वालाले बताए । उनका अनुसार सिंगो कमिटी निर्विरोध निर्वाचित भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कुलबहादुर नेम्हेफुकी र रामहरी वाला छन् भने सहसचिवमा जगन्नाथ खत्री र कोषाध्यक्ष अञ्जना तिमिल्सिना रहेका बताइएको छ । त्यसैगरी सदस्यहरुमा बिनु नेम्हेफुकी,रिता वाला,पुजा खड्का,इन्द्र थापा, मैयाँ नेम्हेफुकी, कान्छा खड्का हरिभजन थापा, संदेश केसी,इच्चाराम राउत,रवीन्द्र राउत, रमेश वाला, सुभद्रा बस्नेत,सुमित्रा सैजु,प्रकाश थापा र प्रकाश खत्री रहेका छन् । उक्त अवसरमा रामलाल नेम्हेफुकी, सुदर्शन पराजुली,हरिकृष्ण राउत, सहदेव थापा र ज्ञानकुमार नेम्हेफुकी सल्लाहकार रहने गरी एक सल्लाहकार समिति समेत घोषणा गरिएको सचिव वालाले बताए ।

    शनिवार नै सोही वडामा पार्टीको युवा संगठन वाईसिएल नेपालको समेत वडा कमिटी पुनर्गठन गरिएको छ । सुनिल नेम्हेफुकीको नेतृत्वमा २१ सदस्यीय कमिटी चयन गरिएको हो । वाइसिएलको उपाध्यक्षमा बिक्रम कपाली, सचिवमा बालकृष्ण वाला र कोषाध्यक्षमा संगीता वाला रहेका वाइसिएल भक्तपुरका अध्यक्ष नरेश वाइवाले बताए । त्यसैगरी सदस्यहरुमा अनिल थापा, संजय थापा, रितेश वाला, शुभराज श्रेष्ठ,सम्राट पन्त मनोज वाला, रुपेश तामाङ्ग,अनिशा वाला, अनोज,राजन, अरुण,अनिल,साजन,विवेक,सनिस सफल र सिवराज लगायत रहेका छन् ।

    वडा नम्बर ९ मा आयोजित वडा भेला र वाइसिएल भेलामा पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, अध्यक्ष डिपी ढकाल,जिल्ला सदस्य सुदर्शन पराजुली, चाँगुनारायणका नगर इन्चार्ज रामशरण दाहाल र सहइन्चार्ज रामलाल नेम्हेफुकी, नगर संयोजक नरेश खड्का, वाइसिएल इन्चार्ज दिनेश थपलिया, अध्यक्ष नरेश वाइवा, युवा नेताहरु बिनोद लामिछाने, लक्ष्मण दुलाल र दिपेश लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

    भेलाबाट निर्विरोध निर्वाचित वडा कमिटी र वाइसिएल कमिटीलाई पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । उनीहरुलाई नेताहरुले बधाई ज्ञापन गर्दै सांगठनिक दिशानिर्देश समेत गरे । उक्त अवसरमा बदलिएको राजनीतिक अवस्थाबारे प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

    यसैबीच शनिवार सूर्यविनायक नगरपालिकाका वडा नम्बर १, २,३ र ४ गरी ४ बटा वडाका अगुवा कार्यकर्ताहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला अध्यक्ष डिपी ढकालले जानकारी दिए । उक्त अवसरमा वडाको सांगठनिक अवस्थाबारे अगुवा नेताहरुले अवगत गराएका थिए भने अध्यक्ष ढकालले अविलम्ब वडा कमिटी पुनर्गठन गर्न निर्देशन दिए । वडा संगठनको समस्या र सम्भावना बारे बोल्दै अधिकांस वडाध्यक्षहरुले पार्टीलाई आगामी निर्वाचनमा ऐतिहासिक जीत दिलाउने गरी संगठन निर्माण गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    वडाका अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पूर्व इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, जिल्ला अध्यक्ष डिपी ढकाल, नगरका नेता सानुकान्छा तामाङ्ग, मिलन लामा र वाइसिएल अध्यक्ष नरेश वाइवा लगायतको सहभागीता रहेको थियो ।

    उक्त अवसरमा नेता श्रेष्ठले भौतिक उत्प्रेरणा दिएर संगठन निर्माण गर्नु नहुनेमा जोड दिदै राजनीतिक र बैचारिक उत्प्रेरणा दिएर गरिएको संगठन नै दीर्घकालीन हुने बताएका थिए भने अध्यक्ष ढकालले पार्टीले गरेको कामको प्रचार गर्न नसक्दा र जस लिन नसक्दा संगठन पछाडी परेको प्रष्ट पारे । उनले वडामा पराजित उम्मेदवार वडाको प्रतिपक्ष भएको भन्दै प्रतिपक्षको भूमिकामा खरो उत्रिन र जनताको पक्षमा नभएका कामको ससक्त प्रतिरोध गर्न समेत निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...