News Portal

  • अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    भक्तपुरपोष्ट संवाददाता१३ साउन २०७८
    ८१३ पटक
    १३ साउन २०७८

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि लिलाम बढाबढ मार्फत बिक्रि गर्दै छ। अपिले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख १५ हजार ५९९ कित्ता साधारण सेयर लिलाममा ल्याएको हो।

    यस लिलामीको शेयरमा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, र अपि पावर कम्पनीको कार्यालयबाट आवेदन दिन सकिने छ ।

    आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

    कम्पनीले १:०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। तर सर्वसाधारणबाट साधारण सेयरमा आबेदन नपरेकाले आबेदन नपरेको बराबरको सेयर कम्पनीले लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

    कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। विद्युत नियमन आयोगले कम्पनीलाई विभिन्न शर्त तोकेर चरण चरणमा हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो।

    आयोगले पहिले निष्काशन गरेको हकप्रदबाट उठेको रकमबाट आयोजनामा गरिएको प्रगतीको प्रतिवेदन बुझाएपछि मात्र दोस्रो चरणको हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको थियो । त्यस्तै आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । सबै शर्त पुरा गरेपछि कम्पनीले दोस्रो चरणको हकप्रदको लागि अनुमति पाएको हो।

    अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६|७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...