News Portal

  • एमाले भक्तपुरद्वारा स्थानीय तहमा पार्टीको नेता चयन, असन्तुष्टद्वारा राजिनामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन २०७८
    ३५५८ पटक
    भक्तपुर, १७ साउन २०७८

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले स्थानीय तहमा पार्टीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । भक्तपुरका चारवटै नगरपालिका र सबै वडाहरुमा अध्यक्ष र सचिवको टुंगो लगाइएको हो ।

    जिल्ला कमिटीको पूर्ण बैठकले नेतृत्व चयन गरेको अध्यक्ष बचन देउजाले बताए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका जिल्ला सदस्यहरु भने सहभागी भएका थिएनन् ।

    चाँगुनारायण नगरपालिकामा रमेश बुढाथोकी र सूर्यविनायक नगरपालिकाको अध्यक्षमा रवीन्द्र सापकोटा चयन भएका बताइएको छ भने सचिवमा क्रमस सुवास ढुंगाना र शिवराम राउत चयन भएका छन् । त्यस्तै, भक्तपुर नगरपालिकाको अध्यक्षमा विष्णुप्रसाद सुवाल र मध्यपुर थिमीमा सूर्यलाल श्रेष्ठ चयन भएका छन् भने सचिवमा क्रमस विश्वराज शिल्पकार र सुमन जोशी रहेका छन् ।

    जिल्ला कमिटीका अध्यक्ष बचन देउजाको अध्यक्षतामा संचालित बैठक सूर्यविनायकका मेयर समेत रहेका नेता बासुदेव थापाले सञ्चालन गरेका थिए । उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल,केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेत, पूर्व जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला, बागमती प्रदेश कमिटी सदस्य निर्मलकुमार भट्टराई र मध्यपुर थिमीका मेयर समेत रहेका नेता मदनसुन्दर श्रेष्ठले पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनबारे प्रकाश पारेका थिए ।

    बैठकमा केहि जिल्ला सदस्यहरुले नेतृत्व चयनमा मापदण्ड नभएको र खल्तीबाट नेताहरु झिकेर जिम्मेवारी दिनु गलत भएको भन्दै बिरोध समेत गरेका एक सहभागीले जानकारी गराए । श्रोतका अनुसार केही जिल्ला सदस्यले नेतृत्वप्रति असन्तुष्टी जनाउदै राजिनामा समेत दिएका भएपनि बैठकले त्यसलाई स्वीकृत गरेन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...