News Portal

  • म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ साउन २०७८
    ७७६ पटक
    भक्तपुर, १८ साउन २०७८

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।पुराना मितिलाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १५ सानो भर्याङ बाट उनीहरुलार्इृृ आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा अबिनाष अग्रवाल र महाबिर गजुर रहेका छन् ।

          

    महाशाखा टोलिले सानो भर्याङ स्थित समिट कमर्सियल प्रा.लि.को नाउमा भाडामा लिएको साढे ३ तले घर र काठमाडौँ महानगरपालिका २२ भोटेबहाल बात विभिन्न डिपार्ट मेन्टल स्टोरमा मिति सकिएर उठाएका पुराना सामानलाई नँया मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी राखिएको अम्दाजी एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकका सामानहरु बरामद गरेको बताइएको छ।

    पक्राउ परेका अग्रवाल र गजुरलाइ बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल काठमाण्डौको समन्वयमा गोदाममा सिलबन्धी गरि बिभाग संगको समन्वयमा थप अनुसन्धान  कारबाहिको लागी बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...