News Portal

  • कलाकार किरण केसीको भन्दै कब्जा गरिएको जग्गा उनको नभएको पुष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ साउन २०७८
    २४५० पटक
    भक्तपुर, १८ साउन २०७८

    पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई राजधानीका मानिसहरु समेत माडीमा जग्गा किन्न उत्सुक देखिएका छन् ।

    माडीमा मानिसहरुको आकर्षण बढेसंगै जग्गा प्लटिङ गर्ने व्यवसायीहरुको समेत अहिले निकै चहलपहल बढेको छ । माडी नगरपालिकाले जग्गा प्लटिङका लागि २०७६ बैशाखमा १२ बिघा ५ कठ्ठा पुस १४ गते नौ बिघा ११ कठ्ठा जग्गा २१ ग्रुपलाई  खण्डिकरणको स्विकृति दिएको देखिन्छ ।

    नगरपालिकाले अव्यस्थित प्लटिङ गर्न नदिएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले जिकिर गरेका छन् । ब्यवस्थित प्लटिङबाट ब्यवस्थित शहरीकरणमा सहयोग पुग्ने र स्थानीयको आर्थिक रुपान्तरण समेत टेवा पुग्ने नगर प्रमुख ढकालले विश्वास व्यक्त गरेका छन् ।

    ढकाल भन्छन् ,”जनताको जग्गाको उचित मूल्य र उचित बस्ती बिस्तारका लागि माडी नगरपालिकाले निश्चित शर्त सहित २१ ग्रुपलाइ कित्ताकाटको स्विकृति प्रदान गरेको हो ।”

    माडीमा प्लटिङ गरिएको १ सय बिघा क्षेत्रफलभन्दा बढि बिभिन्न ब्यक्तिको जग्गा कलाकार किरण केसी राता मकैको नाममा रहेको भनी नेकपा क्रान्तिकारी माओवादीका मोहन बैद्यको समुहले कब्जा गरि झन्डा समेत गाडेपछि यो चर्चाको विषय बनेको छ । उक्त स्थानमा गाडिएको झन्डा निकालिए पनि यो चर्चा भने सेलाएको छैन ।

    वरिष्ठ कलाकार किरण केसीको भनिएको जग्गा उनको भने नभएको केसीले जनाएका छन् । २१ ग्रुपको जग्गालाई आफ्नो भनी आफ्नो बद्नाम गर्न खोजिएको उनले आरोप लगाए । आफूले प्रचार गरिदिदा मानिसहरुले आफ्नै जग्गा भन्ठानेको हुनसक्ने उनले बताए ।

    यसबारे २१ ग्रुपका प्रमुख राजकुमार केसीले समेत कलाकार किरण केसीले आफूहरुको प्रचारप्रसारका लागि काम गरिरहेको प्रष्ट पारे । ”वरिष्ठ कलाकार किरण केसीको भनिएको जग्गा उहाँको नभएर उहाँलाई ग्रुपले तीन बर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्ति गरेको हो ।” उनले भने ।

    माडीमा आफ्नो ग्रुपले गरेको प्लटिङ कानुनको पूर्ण दायरामा रहेर सञ्चालनमा ल्याएको र स्थानियहरुसँगको सहकार्यमा जग्गा बैना गरिएको उनले बताए । ‘माडी क्षेत्रको,जुन स्थानमा अहिले घडेरी बिकास गरिएको छ सो क्षेत्रमा २१ ग्रुपले हरेक बिकासका गतिबिधिमा नगरपालिकासँग सहकार्य गर्दै सहयोगीको भूमिका समेत निर्वाह गर्दै आएको छ ।” उनले दावी गरे ।

    त्यसो त आफूहरुले नगरपालिकामा तिर्नु पर्ने कर र हरेक कानुन पालना गरि घडेरी बिकासको कामलाई अघि बढाइरहेका भएपनि राजनितिक स्वार्थका लागि आफूहरुको व्यवसायमा हानी पुर्याउन खोजिएको र त्यो आपत्तीजनक भएको उनको भनाइ छ ।

    ब्यक्तिको सम्पत्तिमा कसैले कब्जा गर्ने अधिकार नेपालको कानुनमा नरहेको र कानुनभन्दा कोहि माथि नहुने भन्दै उनले कानुनबमोजिम काम गरी खान पाउने आफूहरुको अधिकार भएको बताए ।

    खोला रहेको क्षेत्रमा नगरपालिकाले ल्याएको नगर बिकासको योजना अन्तर्गत आफूहरुले काम गरेको र ६ करोड भन्दा बढिको सम्पति आफूहरुले ब्यवस्थित गरि हस्तान्तरणको प्रक्रियामा रहेको उनले जानकारी गराए ।

    उक्त प्लटिङ क्षेत्रको दुबै तर्फ रहेको बस्तीलाई बचाउने गरि खोलामा बाँध निमार्ण गरिएको, पार्क निमाण गरि हस्तान्तरण गर्ने प्रक्रियामा रहेको, यस क्षेत्रमा रहेको अन्धकारलाई उज्यालो तर्फ लाने क्रममा बिभिन्न स्थानमा सोलार बत्ति जडान समेत गरिएको र, यस क्षेत्रको पर्यटन बिकासलाई मध्यनजर गर्दैै होटेल सञ्चालनमा ल्याउन लागिएको केसीले जानकारी दिए । आफूहरुले ब्यवसाय मात्र नभनी सामाजिक सेवा समेत गरेको भएपनि आफूहरु संग बुझ्दैनबुझी आफ्नाबारे अफवाह फैलाउने काम भएको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...