News Portal

  • भक्तपुरका न्यौपानेलाई प्रतिस्थापन गर्दै भक्तपुरकै पाण्डे बने गृह सचिव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ साउन २०७८
    २३२० पटक
    भक्तपुर, २५ साउन २०७८

    भक्तपुर घर भएका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई भक्तपुरमै बसोबास गर्दै आएका अर्का सचिव टेक नारायण पाण्डेले प्रतिस्थापन गरेका छन् । सरकारले गृह सचिवमा पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको हो ।

    सोमबार साँझको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृहसचिव न्यौपानेलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणको पहिलो रोजाइ उनी नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले पाण्डेलाई नियुक्त गर्न पहल गरेका श्रोतले जनाएको छ । श्रोतका अनुसार पाण्डे गृहमन्त्री बालकृष्ण खाणको दोश्रो रोजाइमा परेका थिए । थोरै बोल्ने शालीन स्वभावका पाण्डे बिषयबस्तुमा गहिरो अध्ययन गरी कार्यसम्पादन गर्ने गर्दछन ।

    अर्घाखाँची स्थायी घर भएका पाण्डे भक्तपुरको सानोठिमीमा अस्थायीरुपले बसोबास गर्दै आएका छन् । उनी शिक्षा सेवाबाट सचिवमा बढुवा भएका हुन् । सानोठिमीस्थित शिक्षाका केन्द्रीय कार्यालयहरुमा लामो समय उनले कार्यालय प्रमुख रही कार्य गरेका छन् । सानोठिमीमा बसोबास गर्दै आएका सचिव पाण्डेको यहाँ आफ्नै घर भने छैन ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...